काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला नेपालमै प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिने भएकाे हाे ।
सचिवालय बैठकमा मिर्गौला प्रत्यारोपणबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली भोलि नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन लागेका छन् । सचिवालय बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।




