ताजा समाचार

सचिवालय बैठकले पुरा गर्लात वामदेवकाे राष्ट्रियसभा छिर्ने इच्छा?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजेका लागि बैठक बस्ने भएको हो । बैठकमा वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्ने गत बुधबारको निर्णयलाई कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय मान्न मन्त्रिपरिषद् बाध्य नहुने बताउँदै आएका छन्। उनले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिन चाहेका छन्। पछिल्लो समय उनले तत्कालका लागि वामदेव र खतिवडा दुबै जनालाई नै सिफारिस नगर्ने मनस्थिति बनाएको बालुवाटार स्रोतको भनाइ छ।

वामदेवलाई राष्ट्रिय सभामा नपठाउने प्रधानमन्त्रीको अडानमा सचिवालय सदस्य तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मात्र खुलेर साथ दिएका छन्।  अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले सचिवालयको निर्णय प्रधानमन्त्री ओलीले मान्नुपर्ने तर्क गर्दै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *