ताजा समाचार

सभापति देउवाले तोके १३ विभाग प्रमुख, को कुन विभागमा ?

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १३ वाट विभागमा प्रमुख तोकेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा सभापति देउवाल मनोनयन गरेका हुन ।

सभापति देउवाले पार्टीको निकै महत्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी गोपालमान श्रेष्ठलाई दिएका छन् । यस अघि संगठन विभाग प्रमुख रहेका आनन्दप्रसाद ढुंगानालाई सभापति देउवाले वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी दिएका छन । यसै गरी रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग प्रमुख, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग प्रमुख, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग प्रमुख, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग प्रमुख, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग प्रमुख तोकेका छन् ।
यसै गरि सभापति देउवाले शंकर भण्डारीलाई तरुण विभाग प्रमुख, सीता गुरुङलाई आदिवासी जनजाति विभाग प्रमुख, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग प्रमुख, विश्वप्रकाश शर्मालाई सूचना, संचार तथा प्रचार विभाग प्रमुख, शिवप्रसाद हुमागाँईलाई श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुखको जिम्मेवारी दिएका छन्।

सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे(दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ) लाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *