१.
जाडोले पेल्दा
चिसिएको शरीर
न्यानो खोज्न दौडेको ।
२.
मनको पीडा
बुझ्ने कोही नहुँदा
आँसुको थुप्रो खस्दा ।
३.
प्रेमको बास्ना
मन छुदै उडेछ
बिर्सनै नसकिने ।
४.
आफै जलेर
उज्यालो छरिदिंदा
मनै सेतो खरानी ।
५.
अस्तायो घाम
नछिप्पिदैमा रात
सपना अकास्सियो ।
६.
हरियो दूबो
पैतलाले कुल्चिंदा
आँखा नै तान्न खोज्ने ।
७.
साँगुरो सोच
एकलकाँटे माया
आफैभित्र खुम्चिंदै ।
८.
खहरे खोला
खुट्टा नै डुबाएर
खोतल्दै बाटो खोज्ने ।
९.
लामो थकाइ
सुस्केरा हाल्न खोज्दा
खुम्चेको तातो मन ।
१०.
झ्याल उघार्दा
छिरिहाल्यो उज्यालो
रमिते आँखा हाँस्दा ।
११.
लामो घुमाइ
चौतारीमा ठोकिंदा
झरेछ कालो मयल ।
१२.
मौका छोपेर
तलसम्म गाडेको
सडेको कालो माटो ।
(श्रीराम श्रेष्ठ बट्टार, नुवाकोट)




