काठमाडौं । नेकपाका गत केन्द्रीय कमिटीको बैठकले सरकार पार्टीको मातहतमा रहने निर्णय गरेको थियो । सरकार पार्टीले चलाउने की ? सरकारले पार्टी चलाउने ? भन्ने प्रश्न उठेपछि पार्टीले सरकार सञ्चालन गर्ने निष्कर्ष निकालेका थियो ।
सरकारको काम प्रभावकारी हुन नसकेको र जनताले सरकारको कामवाट सन्तुष्टी जनाउन नसकिरहेका बेला सत्तासिन दल नेकपा बैठकमा यो प्रश्न उठेको थियो ।प्रधानमन्त्री ओलीले पार्टी एकताको झण्डै १८ महिनासम्म सरकार पार्टी दुवैलाई आफ्ना कारणले गतिहिन बनाए । न सरकारलाई उनले प्रभावकारी र जनताको मन जित्ने गरी सञ्चालन गर्न सके, न पार्टीलाई नै गतिशिल बनाउन उनले कुनै भूमिका नै खेलेका छन भन्ने प्रश्न उठिरहेका बेला वामदेव गौतम प्रकरणमा उनी निकै जब्बर देखिएका छन् । ओलीले आफुविरुद्धको घेराबन्दीको प्रचारबाजी गरिरहेका छन् ।
यतिसम्मकी ओली बुधबार मात्रैको सचिवालयको निर्णयमा केही नबोल्ने तर निर्णय भईसकेपछि निर्णय प्रक्रिया मान्दिन भनेर हठ लिने सम्ममा पुगेका छन् । नेकपाका एक सचिवालय सदस्य भन्छन्, प्रधानमन्त्री ओलीमा अहंकार र दम्भ देखिन थाल्यो, यसले पार्टी र सरकार दुवैलाई एकै पटक भड्खालोमा धकेल्ने कोसिस ग¥यो । बुधबार उपाध्यक्ष वामदेव गौतमलाई सर्वसम्मत राष्ट्रिय सभामा रिक्त हुन लागेको अर्थमन्त्री युवराज खतिवडाको स्थानमा सरकारको सिफारिसमा मनोनित गरेर पठाउने स्थानमा मनोनितका लागि सिफारिस गर्न सरकारलाई सुझाव दिने निर्णय नेकपा सचिवालय बैठकले सर्वसम्मत निर्णय ग¥यो । उनी स्यवंले अध्यक्ष प्रचण्डसँगको संयुक्त अध्यक्षता गरिरहेको बैठकले गरेको निर्णय थियो त्यो ।
यो निर्णय गर्दा ओलीले खास प्रतिक्रिया दिएनन् । निर्णयमा सहमति जनाए । न उनले बैठकमा आफना फरक मत राखे । तर निर्णय भएको दुई घण्टा नबित्दै उनले निर्णय मान्न आफु तयार नभएको सन्देश वरिष्ठ नेता माधव नेपालमार्फत प्रवाह गर्न खोजे । यसले नेकपाभित्र गम्भीर संकट निम्ताएको छ । ओलीले निर्णय नमान्ने मात्र बताएनन, अर्थमन्त्री खतिवडालाई हटाउन अध्यक्ष प्रचण्ड, उपाध्यक्ष गौतम लगायत नेताहरु विभिन्न ब्यापारिहरुसँगको उठबसमा रहेको र त्यही आधारमा खतिवडा हटाउने अभियानमा लागेको जस्ता आरोप सम्म लगाउन आईपुगे ।
‘यो ओलीको बच्कनापन हो,’ नेकपा स्थायी समितिका एक सदस्यले भने, –‘पार्टी र सरकार दुवै मोर्चामा आफु आलोचित बन्न थालेपछि र कमजोर बन्दै जान थालेपछि आफनो पहुच छ है भन्ने देखाउन र नेताहरुलाई तर्साउने र आफु नै एकमात्र सर्वेसर्वा हुँ भन्ने अहंम देखाउन प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुमाथी अनावश्यक आरोप लगाउने स्तरसम्म झर्न थाल्नुभएको छ ।’ उनले त्यस्तो आरोप प्रधानमन्त्रीले लगाईसकेपछि प्रमाणित गर्नुपर्ने बताए ।
‘प्रधानमन्त्री ओलीमा सबैतिर बढ्दो आफनो आलोचनापछि विषयलाई विषयान्तर गर्न र आफुले काम गर्न खोजेको,तर नदिईएको जस्तो सन्देश छोड्न अनेक कोसिसमा लागेको मात्र देखिन्छ,’ भने, –‘अन्ततः यसले प्रधानमन्त्री ओलीलाई नै घाटा पु¥याँउछ ।’ ओलीले यस्तो किन गरेका हुन भन्ने बारेमा खासै केही धारणा बाहिरनआएपनि वामदेव गौतमलाई सांसद नबानाउने रणनीति रहेको छ । यसले गर्दा सरकार सञ्चालनमा समेत असर पर्ने बताइएको छ । पूर्व माओवादीका एक नेताले पार्टीको निर्णय कार्यान्वयन नगर्ने हो भने पार्टी नै किन चाहियो र समेत भनेर प्रश्न गरेका छन् ।




