ताजा समाचार

सभापति देउवाले भने ट्रष्टको जग्गा लिजमा मेरो संलग्नता छैन, विभिन्न प्रकरणको अनियमितताबाट ध्यान मोड्न गरिएको प्रचारमात्र हो

काठमाडौं।नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ट्रष्टको जग्गा लिज सम्वन्धमा आफ्नो नाम जेडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन । सभापति देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषदले नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्तीमा ट्रष्ट एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था भएकाले यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत भएको उल्लेख छ ।

सभापति देउवाले यो प्रकरणलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको जनाएका छन् ।
सभापति देउवाले कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रम विरुद्धका दवावलाई निरन्तरता दिन समेत अपील गरेका छन् ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *