काठमाण्डाैं।नेकपा सचिवालय वैठकले पार्टी उपाध्यक्ष वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेकाे छ।वुधवार बसेकाे सचिवालय बैठकले यस्ताे निणर्य गरेकाे हाे । तर उनी प्रधानमन्त्री हुने निश्चित नभए सदस्य बन्ने छन वा छैनन भन्ने चाहि टुंगाे लागेकाे छैन।नेकपाकाे सचिवालयकाे यहि वैठकले बन्दै नवनेकाे संविधान संशाेधन कार्यदल विघटन पनि गरेकाे छ। तर नेकपाले भने याे कार्यदल गठन नै नगरेकाे जिकिर गरेकाे थियाे। तर,वुधवारकाे याे निर्णयले नेकपाले कार्यदल यस अघि गठन गरेकाे पुष्टि गर्दछ।
गाैतम संसदीय चुनाव हारेका ब्यक्ति हुन। उनी बर्दियाबाट चुनाव हारेका थिए। यसअघि नेकपाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रियसभामा लगेकाे थियाे। उनी पनि गाेरखामा चुनाव हारेका ब्यक्ति हुन। राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुन नपाएपनि मन्त्री भने हुन पाउँछ। अर्थमन्त्री युवराज खतिवडाकाे फागुन २० गते म्याद सकिदै छ र गाैतम सांसद हुने निश्चित भएकाेले मन्त्रीपरिषदमा समेत हेरफेर हुने देखिएकाे छ।




