काठमाडौं।भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनले हिंसात्मक दंगा जन्माएको छ । नागरिकतासम्बन्धी कानुनको समर्थन र विरोधमा निस्किएका प्रदशनकारीहरुबीच दङ्गा भड्किँदा १३ जनाभन्दा बढीको ज्यान गइसकेको । प्रहरीसहित सयौं मानिस घाइते भएका छन् ।
साम्प्रदायिक जस्तो देखिने हिंसामा हिन्दू र मुस्लिम भिडबीच झडप हुनेक्रम जारी छ । लाठी र ढंगा बोकेर निस्किएको भीडले पसल तथा घरहरू जलाएका छन्। प्रेशमाथि समेत हमाल भएको छ ।
उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरुमा आइतबारदेखि प्रदर्शन र हिंसा जारी छ । हिंसाले झन उग्ररुप लिदै आएको छ । नागरिकता संशोधन ऐन (सीएए) पारित भएदेखि नै भारत अशान्त बनेको थियो । त्यसबेला पनि केही प्रदर्शन हिंसात्मक भएका थिए।
हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको विश्लेषण छ । दशकौँयताको सबभन्दा खराब हिंसा भएका रुपमा लिइएको छ ।
ताजा समाचार




