काठमाडौं।प्रनिधिसभा बैठकमा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली पहिले मार्क्सवादी, बीचमा समाजवादी हुँदै अहिले यतिवादी भएको आरोप लगाएका छन् । सबै कुरा थाहाँ छैन भने तपाईँलाई के थाहा छ ? भन्दै थापले सेक्युरिटी प्रेस काण्ड, फोजी काण्ड, अप्टिकल फाइवर काण्ड, मोवाइल डिभाइस म्यानेजमेन्ट, कम्प्युटर ल्याव, फ्रि इन्टरनेट काण्ड प्रधानमन्त्रीकै अग्रसरतामा भएका र परिस्थिति नियन्त्रण बाहिर गएपछि गोकुल बास्कोटालाई बलिको बोको बनाइएको दाबी गरे ।
भ्रष्टचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीले बालुवाटारमा ऐना राखेका छन कि छैनन भन्दै थापले लाक्षणिक रुपमा प्रधानमन्त्री कै अनुहार भ्रटाचारी भएको उल्लेख गरे ।
बाहिर देखिदा सुरो देखिने प्रधानमन्त्री पार्टी भित्र बिचारो भएको थापले बताए । एमसीसीको सम्वन्धमा र संविधान संशोधनका लागि गठित कार्यदलको अवस्थाले सो कुारा पुष्टि गरेको थापाले बताए । प्रधानमन्त्रीको जन्मोत्सव हेर्दा पूर्वराजा ज्ञानेन्द्रको न्याश्रो मेटिएको भन्दै व्यङ्ग्या गरे ।
प्रधानमन्त्री संसदबाट भागेको आरोप लगाउदै थापाले संसदमा उपस्थित भएर सांसदका प्रश्नको सामना गर्नु पर्ने बताएका छन् । थापाले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ गर्न सभामुखलाई आग्रह समेत गरे ।
ताजा समाचार




