ताजा समाचार

डा.मिनेन्द्रले भने एतिको केक र हेलिकोप्टरमा खड्गप्रसादलाई देख्दा जन्मघरले नयाँ महाराजका आएको ठान्यो होला

काठमाडौं।आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्रीको जन्मोत्सव, भ्रष्टाचार र कम्युनिष्ट सरकारको चरित्रको बहसले तातिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा सत्ता उन्माद देखेर जनाता दिक्दार र निराश भएको प्रमुख प्रतिपक्षी दलका नेता डा. मिनेन्द्र रिजालले बताएका छन् । पुराना राजाको जन्मदिनको तस्बीर सामान्य शैलीका देखिए पनि नयाँ महाराज ओलीको शैली र्निलज्ज खालेको भएको भन्दै डा. रिजालले व्याङ्ग्या समेत गरे ।
रिजालले भने प्रधानमन्त्रीले आफ्नो जन्मघरको नै खिल्ली उडाएका छन् । घर निर्जिब भएपनि सजीव इतिहास बोकेको उनले प्रधानमन्त्रीलाई बोध गराए ।
५/४ वटा हेलिकोप्टर लिएर देश,प्रदेश र स्थानीय तहका नेता र कर्मचारीका साथमा त्यो घरले तपाईलाई देख्दा नयाँ महाराज सवारी भएको ठान्यो होला । त्यो घरले खड्गप्रसाद घरले चिनेन होला । एति होल्डिङसको पैसामा हेलिकोप्टर र केक देख्दा घरले अपमानित भएको महशुर गर्‍यो होला ।
जन्म दिनको अवसरमा ४ हजार वृद्धा विद्धलाई कोट र सारी बाड्ने कार्यक्रमाले हिजो केटाकेटीलाई मिठाई चक्लेट बाढेर जन्मदिन मनाउने राजा महाराजाई पनि इर्श्या लाग्यो होला ।
राजालाई राजनीति गर्ने हो भने श्रीपेच फुकाले मैदानमा आउ भन्ने मदन भण्डारीले आज थरीथरीका श्रीपेच लागएका कम्युनिष्ट जनलाई के भन्लान ?
आखाँ,निधार र गला नदेखिने गरी माला लगाउने र कलिला बालबालिकालाई दिनभर स्वागतका लागि उभ्याउने हिजोका राजाको बैभबले कम्युनष्टलाई गाजेका उनले आरोप लगाए ।
डा. रिजालले सेक्युरिटी प्रिन्टङ प्रेस, यति होल्डिङस, नेपाल ट्रष्टको सम्पत्ति, न्यारोवडी, वाइडवडी, स्याटलाईट, फोरजी आदिमा चरम भ्रष्टाचार भएको भन्दै छानविनको दायरामा ल्याएर कारवाही गर्न माग गरे ।
डा. रिजालले यि तमाम विषयमा संसदमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *