काठमाण्डाैं।सरकारका काम कारवाहीकाे वारेमा गहिराे अध्ययन र खवरदारी गर्न नेपाली कांग्रेसले गठन गरेकाे छायाँ मन्त्रीपरिषदकाे वैठक सिहदरवारमा बसेकाे छ।कांग्रेस सभापति शेरवहादुरदेउवाकाे अध्यक्षतामा बसेकाे वैठकले सरकारले गरेका काम कारवाहीकाे वारेमा गहिराे छलफल गरेकाे छ।
कांग्रेसले गठन गरेका छायाँ मन्त्रिहरूले यस वैठकमा रिपार्ट सभापति शेरवहादुर देउवालाइ वुझाएका थिए।कांग्रेसले मन्त्रीहरूकाे काम हेर्नकाे लागि भनेर गत जेठमा २१ वटा विभागकाे जिम्मेवारी दिएकाे थियाे । त्यसयता बसेकाे पहिलाे वैठकमा सरकार जनता वास्ता नगरि वेग्लै दिशामा हिडेकाे भन्दै यस वारेमा वहश गरेका थिए।
कांग्रेसले सरकार भ्रष्टाचारमा लिप्त रहेकाे भन्दै यस्ता मुद्धाहरू अब बाहिर ल्याउन जरूरी रहेकाे वारेमा कांग्रेसले छलफल गरेकेा थियाे।भ्रष्टाचारकाे वारेमा गहिराे अध्ययन गरेर यसलाइ सार्वजनिक गर्न सभापति देउवाले नेताहरूलाई निर्देशन दिएकाे पनि वुझिएकाे छ।




