ताजा समाचार

मदन पुरस्कार पाएका पूर्व डिआइजी शाह भ्रष्टचार काण्डमा तानिदै, दुई डिएसपी र लेखापाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीभित्र सेवामा रहँदा भ्रष्टाचार गरेको आरोपका दुई जना अवकाश प्राप्त नायव प्रहरी महानिरीक्षक (डिएसपी) त्रिलोचन चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि मदन पुरस्कार प्राप्त गरेर समाजिक प्रतिष्ठा बनाएका डिआइजी महेश विक्रम शाह तनावमा परेका छन् । उनीहरुले प्रहरी सेवामा रहँदा लेखापालसँग मिलेर उनीहरुले आर्थिक अनियमितता गरेको आरोप अख्तियारले लगाएपछि उनी तनाबमा परेका हुन ।

तत्कालिन लेखापाल रहेका उनीहरुले प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोप लगाउँदै आयोगले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । त्यसैगरी तत्कालीन लेखापाल वीरेन्द्र चन्द्रलाई पनि आयोगले नियन्त्रणमा लिएको छ । ०७० / ०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो । जिल्लामा कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि हिरासतमै लिएर छानबिन शुरु गरेको हो । यसअघि नै अनियमिततामा संलग्न तत्कालीन लेखापाल सइ चन्दलाई सेवाबाट बर्खास्त गरिसकेको थियो । यसअघि अनियमिततामा जोडिएपनि दुई डिएसपीमाथि कुनै कारबाही भएको थिए । उनीहरुविरुद्ध अख्तियारमा उजुरी परेपछि प्रारम्भिक छानबिन गरी उनीहरू पक्राउ परेका हुन् । अनियमिततामा दुवै डिएसपीको मिलेमतो रहेको आयोगको दाबी छ ।

त्यस्तै गरेर बागमती प्रदेश तालिम केन्द्र, दुधौली (सिन्धुली)का पूर्वलेखापाल दीपेन्द्र पनेरु पनि पक्राउ परेका छन् । उनले ०७२ को पुसमा दोहोरो तलब निकालेर अनियमितता गरेको पुष्टि भएपछि पक्राउ गरेको हो । केन्द्रमा रहेका करिब दुई सय तालिमे प्रहरीको तलब अनियमिततामा मुछिएपछि पनेरूले राजीनामा दिएका थिए । त्यसवेला तालिम केन्द्रको समादेशकमा महेशविक्रम शाह रहेका कारण उनीमाथि पनि छानबिन हुने भएको छ । डीआईजी शाहले महिना मात्र अवकाश पाएका हुन् । शाहमाथि समेत आयोगले सोधपुछ गरेको स्रोतले बताएको छ ।यसरी आयोगले डिआइजी शाहसँग सोधपुछ गरेपछि उनी तनावमा परेका छन्। उनकै समयमा कारागारमा किताब अभियान शुरु भएको थियो । सो अभियानको क्रममा आफूले तोकेको पुस्तक पसलमा पैसा तिर्न लगाएको भन्दै कर्णाली प्रदेशका जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधानकार्यालयमा उजुरी गरेका थिए । सो उजुरीपछि उनलाई सुरक्षा परिषदमा सरुवा गरिएको थियो । त्यहीबाट उनले अबकाश पाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *