काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सरकारी निकायले अनुसन्धान गर्ने बताइरहेका बेला कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा विजय शिवकोटीको नामबाट कारवाहीका लागि उजुरी परेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवलाय बैठकमा प्रधानमन्त्री ओलीले उनको कारवाही सरकारी निकाय अख्तियारले अनुसन्धान गर्ने जानकारी दिए लगत्तै कारवाही लागि अख्तियारमा उजुरी परेको छ । सचिवलाय बैठकमा निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाका विषयमा पनि छलफल भएको थियो।
सेक्युरिटी प्रेस खरिदको विषयमा घुस मागेको अडियो सार्वजनिक भएपछि पदमुक्त भएका उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्नेबारेमा छलफल भएको थियो। तर टुंगो भने लागेको छैन। प्रधानमन्त्री ओलीले यो विषयमा राज्य संयन्त्रले नै छानबिन सुरु गरिसकेको जानकारी दिएपछि उनलाई पार्टीले तत्काल निलम्बन गर्नुनपर्ने बताएका थिए। पार्टीले उनलाई कारवाहीको प्रकृया भने अघि बढाएको छैन ।




