काठमाडौं । एमसीसी अध्ययन कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बझाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज राती जेनेभा जाने भएपछि कार्यदलले आजै प्रतिवेदन बुझाएको हो ।
मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धि अध्ययन गर्न गठित नेकपाको कार्यदलले यथास्थितीमा पास नगर्न सुझाव दिएको छ । कार्यदलले एमसीसीका केही बुँदा संशोधन गर्न सुझाव दिँदै प्रतिवेदन बुझाएको छ ।नेकपाले वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी भीम रावल सदस्य रहेकोकार्यदल गठन गरेको थियो ।
एमसीसी पारित गर्ने सम्बन्धमा बिवाद उत्पन्न भएपछि एमसीसीका सन्दर्भमा अध्ययन गर्न माघ १५ देखि १९ सम्म चलेको नेकपाकोकेन्द्रीय कमिटी बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांशसदस्यले कुरा उठाएपछि केन्द्रीय सचिवालयले कार्यदल गठन गरेको थियो । दश दिन समय दिएर गठन भएको कार्यदलले अध्ययन गर्न थप दश दिन समय माँग गरेको थियो । थप अवधिमा अध्ययन पुरा गरेर प्रतिवेदन तयार गरि आजै पार्टी अध्यक्षलाई प्रतिवेदन बुझाएको हाे ।




