ताजा समाचार

ओलीले प्रचण्डलाई अचानक किन वालुवाटार बोलाए ?

काठमाडौं। भक्तपुरको कार्यक्रममा सहभागी भैरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वालुवाटार पुगेका छन् । नेकपा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच विहान हिजाे भेटघाट भएपनि आज ओलीले बोलाएपछि प्रचण्ड वालुवाटार पुगेका छन् । उनी बालुवाटारबाट फोन आएको भन्दै कार्यक्रम छाेट्याएर प्रधानमन्त्री निवासमा पुगेका हुन ।

गोकुल बाँस्कोटाको कमिसन काण्डका विषयमा छलफल गरेर बाँस्कोटाको राजीनामाका विषयमा छलफल गरेका दुई अध्यक्ष फेरि अहिले पनि बालुवाटारमा छलफलमा जुटेकाे बताइन्छ । पार्टीका अन्य कार्यक्रम बनाएका प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले टेलिफोन गरी बालुवाटारमा छलफलका लागि बोलाएका छन् । विकसित राजनीतिक घटनाक्रम र पार्टी राजनीतिका विषयमा नेकपाका दुई अध्यक्ष बीच छलफल हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेर पछि दुई अध्यक्षका बीचमा छलफल हुन लागेको हो ।

प्रधानमन्त्रीले छलफलका लागि बालुवाटारमा बोलाएको प्रचण्डले बताएका छन् । विकसित घटनाक्रमका वारेमा छलफल गर्न म अहिले बालुवाटार जादैछु, नेकपाका अध्यक्ष प्रचण्डले भक्तपुरमा ‘नारायणविलाश जोशी स्मृति प्रतिष्ठान’को शिलन्यास गर्दै भने,–‘यो कार्यक्रम थिएन, तर विकसित घटनाक्रमका बारेमा छलफल गर्नुपर्ने भएकोले म अहिले बालुवाटार जादैछु ।’ दुई अध्यक्षका बीचमा सरकारका अबका काम, मन्त्री परिषद हेरफेर र पार्टी एकताका बाँकी काम र एमसीसी कार्यदलको प्रतिवेदनका विषयमा छलफल हुने बताईएको छ ।

नेकपा केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको कार्यदल बनाएको थियो । १० दिनभित्र प्रतिवेदन तयार पार्न दिएको निर्देशनमा तयार नभएपछि कार्यदललाई फागुन १० सम्मको समय दिईएको थियो । कार्यदलले अहिले प्रतिवेदनलाई अन्तिम रुप दिईरहेको छ । कार्यदल सदस्य रहेका परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जान लागेका कारण पनि सकभर आजै कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाउन खोजेका छन् । यसका लागि संयोजक खनालले दुई अध्यक्षको समय माग गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *