अर्थ

याक एण्ड यती होटलमा सञ्चालित रोयल क्यासिनो अवैद्य

 काठमाडौं ।याक एण्ड यती होटलमा सञ्चालित रोयल क्यासिनो २० माघबाट कानुनतः अबैध भएपनि सञ्चालन भैरहेको छ । अदालतको ‘स्टे अर्डर’को भरमा सञ्चालित क्यासिनो रोयल होटलसँगको करार सम्झौता सकिएसँगै अवैध भएको हो ।

लाईसेन्स पाँच बर्ष अगाडि खारेज भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन हुँदै आएको थियो । घर बहाल करार नाममा समयसीमासम्म ‘क्यासिनो चलाउन दिनू’ भन्ने अदालतको आदेशअनुसार चार बर्षदेखि घर भाडा, ट्याक्स तथा कर्मचारीको तलब समेत चुक्ता नगरी सञ्चालन हुँदै आएको थियो । २० माघमा होटलसँगको करार सम्झौता सकिए पनि केही आपराधिक समूहले होटललाई मात्र नभइ राज्यको नियम कानुनलाई नै धोती लगाउँदै सञ्चालन गर्दै आएका छन् ।

होटल याक एण्ड यतीले घर खाली गर्न राज्यको बिभिन्न निकायलाई लिखित निबेदन दिएको थियो । तर कतैबाट सुनवाई भएको छैन । क्यासिनो रोयल भने सञ्चालन हुँदै आएको छ । पाँच बर्षदेखि क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट इन्भेष्टमेन्ट प्रालीको सम्झौता सकिएको थियो । सोही सम्झौताको आधारमा गिल्ट इन्भेष्टमेन्टले कानुनको कमजोरीको फाईदा उठाउँदै सर्वोच्च अदालतबाट चार बर्ष अगाडि स्टे अर्डर लिई सञ्चालन गर्दै आएको थियो । यस अवधिमा गिल्ट इन्भेष्टमेन्टका आधा दर्जनले क्यासिनो सञ्चालन गरे तर कसैले पनि घर भाडा र कर्मचारीको तलब तथा राज्यलाई तिर्नुपर्ने कर तिरेनन् ।

चार बर्षसम्म अदालतको आडमा लुटतन्त्र मञ्चाएको गिरोह अहिले त्यहि पैसाले क्यासिनो कब्जा गर्ने रणनीतिमा लागेको स्रोतको दाबी छ । उक्त क्यासिनो सुरेन्द्र सिंहले लामो समय सञ्चालन गरे । उनले बिभिन्न व्यक्तिलाई बैना गर्दै पैसा लिँदै करोडौं रुपैंया लुटेका थिए । भारतीय व्यापारी आशिश पटेलदेखि गोवाका केही टोलीसँग करोडौं रुपैंया लिएका सिंहले एक बर्ष अगाडि पुन पटेललाई नै १५ करोडमा क्यासिनो बेचेका थिए । तीन बर्ष रोयल क्यासिनो चलाएका सिंहले याक एण्ड यति होटलसँगै ४० आना जग्गा ६० करोडमा खरिद गरेका छन् ।

मालपोतमा राजश्व कम तिर्न थैली कम झुण्डाएका सिंहले महालक्ष्मी बैंकमा भने खरिद मुल्य भन्दा बढी ऋण पास गराएका छन् । सुरेन्द्र सिंहदेखि अनिश शर्मा भन्ने गोर्कण लामिछानेले करोडौं रुपैंयाँ राजश्व, घर भाडा र कर्मचारीको तलब भत्ता चुक्ता गरेका छैनन् । करार अवधि सकिए पनि पैसाको पहुँचमा केही प्रहरीको नाम बदनाम गर्दै भारतीय राजदूतावास कार्यालयमा समेत क्लउन पाँउ भन्दै रोईलो गर्न शर्माको समूह पुगेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *