काठमाण्डाैं। नेपाली कांग्रेसका नेता गगन थापाले मंगलवार संसदमा गरेकाे भाषणले निकै सनसनी मच्चाएकाे छ। उनले मंगलवार संसदमा श्री स्वस्थानी ब्रत कथाकाे शैलीमा सम्वाेधन गर्दै नेकपा महासचिव विष्णु पाैडेललाई ब्यग्य वाण प्रहार गरेका छन।
वालुवाटार जग्गा प्रकरणमा उनलाई अख्तियार चाेख्याएकाे पाएपछि उनले ब्यग्यवाण प्रहार गरेका हुन। नेता थापाले संसदकाे शुन्य समयमा वाेल्दै यस्ताे भाषण गरेका हुन।उनले भने-कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमुनि १ अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु १ थाहा पाईहाले होइनहोइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्नेभए हत्तपत्त चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियारपुराणे, कुमारविष्णु सम्वादे, श्रीस्वस्थानी व्रतकथाये बालुवाटार प्रकरणवर्णनाम प्रथम अध्याय धन्यवाद ।
उनले यति भनेर माइक राखे ।नेता थापाले यसाे भनिरहदा संसदमा हाँसाे गुन्जिएकाे थियाे।
बालुवाटार जग्गा प्रकरणमा अरूलाइ मुद्धा चलाएपनि विष्णु पाैडेललाइ भने जग्गा फिर्ता गरेपछि मुद्धा चलाइएकाे छैन।




