ताजा समाचार

महरा निर्दाेश रहेकाे पत्र काठमाण्डाैं जिल्ला अदालतले संसद सचिवालयलाई पठायाे,संसद जाने बाटाे खुल्याे

काठमाण्डाैं।बलात्कार अभियाेग लागेका पूर्वसभामुख निर्देाश रहेकाे भन्दै काठमाण्डाैं जिल्ला अदालतले संसद सचिवालयलाई पत्र पठाएकाे छ।मंगलवार संसद सचिवालयमा याे पत्र पठाइएकाे हाे।याे पत्र संगै पूर्वसभामुख महरा संसद जाने वाटाे खुल्ला भएकाे छ।उनले अदालतले पत्र नपठाएसम्म संसद नजाने बताएका थिए।

साेमवार मात्र काठमाण्डाै जिल्ला अदालतले उनलाई बलात्कार अभियाेगमा सफाई दिएकाे थियाे।महराले सफाई पाएपछि अब उनी संसद जान पाउनेछन भने राजनीतिक क्रियाकलापमा भाग लिन पनि पाउनेछन।

तर चार महिना अघि उनलाई बलात्कार प्रयाशकाे अभियाेग लागेपछि सभामुख पद छाडनु परेकाे थियाे भने जेल जीवन पनि विताउनुपरेकाे थियाे।

महराले जेलबाट निस्किएपछि यस प्रक्रयामा सहयाेग गर्ने सवैलाई धन्यवाद समेत दिएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *