ताजा समाचार

ओली नेपाल गोप्य भेटघाट : सुध्रेला त सम्बन्ध ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालवीच गोप्य भेटघाट भएको छ । ओली नेपाल खटपट भएपछि दोस्रोपटक नेता ओली र नेपालवीच भेटघाट भएको हो । ब्यक्तिगत इगोका कारण दुई नेताबीच खटपट उत्पन्न भैरहेको बेला नेपाललाई बोलाएर ओलीले सोमबार साँझ भेटघाट गरेका हुन । गत भदौं ५ मा पार्टी सचिवालय बैठकमा चर्काचर्की परेपछि दुवै नेताको बोलचाल बन्द भएको थियो ।

सिंगापुर स्वास्थ्य उपचारका लागि जान लागेका प्रधानमन्त्रीलाई वरिष्ठ नेता नेपालले स्वास्थ्य लाभका लागि गरेको कामना समेत ओलीले अस्वीकार गरिदिए । दुई नेताको तितो सम्बन्ध त्यक्तिमा मात्र सिमित रहेन् । पार्टी एकताका क्रममा तिनै ओलीले झलनाथ खनाल भन्दा वरियतामा अगाडी राखेका नेपाललाई पछि आफैंले वरियतामा झार्ने काम समेत गरिदिए । यसबाट यी दुई नेताका बीचमा सम्बन्ध टाढिदै गईरहेको थियो । १५ वर्ष लगातार पार्टी ‘महासचिव’ सम्हालेका नेपालको कार्यकालभरी ओलीले उनलाई ‘घेराबन्दी’ गर्न मदन भण्डारी फाउन्डेसनका नाममा गुटबन्दी चलाएका ओली अहिले नेपालसँग सम्बन्ध सुधार्न चाहेका थिए ।

तर जब पार्टीभित्र ओली अप्ठयारोमा पर्दै जान थाले, उनले भने अनुसार सरकार र पार्टीमा उनको एक छत्र राज चल्ने अवस्थाको अन्त्य हुदै जान थाल्यो, उनलाई अहिले वरिष्ठ नेता नेपाल फकाउनु पर्ने अवस्था आईलागेका कारण भेटघाट बाक्लिएकोह हो । उनले अहिले नेपाललाई बालुवाटारमा बोलाएर सम्बन्ध सुधारका लागि अनेकन प्रयास गर्न थालेका छन् । गत कात्तिक २६ मा पहिलो पटक बिग्रेको सम्वन्ध सुधार्न नेपाललाई ओलीले बालुवाटारमा बोलाएर लञ्च सहित मिटिङ गरेका थिए । गत पुस २३ गते उपाध्यक्ष वामदेव गौतमको निवासमा ओली इतर बहुमत नेताहरुको भेलापछि भने ओली पार्टीमा अप्ठयारोमा परेका छन् । सजिलो हुँदा प्रतिस्पर्धी नेताहरुलाई भित्तामा पुर्याउने प्रयास गर्ने र अप्ठयारो पर्दा तिनै नेतालाई अनेकन आश्वासन बाँडेर आफु अनुकुल बनाउन खोज्ने ओलीको पूरानै कार्यशैली हो ।

अहिले उनी त्यही नीति अनुसार, तत्कालिन पूर्व एमालेका वरिष्ठ नेताहरुलाई आफु अनुकुल बनाउने प्रयासमा जुटेका छन् । त्यसक्रममा उनले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल मात्र होइन, उपाध्यक्ष वामदेव गौतमसम्मलाई पनि एक्लाएक्लै भेटेका छन् । सोमबार मात्रै फेरि उनले वरिष्ठ नेता माधव नेपालसँग एक्लाएक्लै छलफल गरेका छन् । पछिल्लो चरण नेता नेपाल र अर्का अध्यक्ष प्रचण्डका बीचमा बढ्न थालेको हिमचिम बुझेका प्रधानमन्त्री ओलीले त्यो सम्बन्धलाई तोड्न अनेकन कोसिस जारी राखेका छन् । पार्टी केन्द्रीय समिति बैठक अगाडी मात्रै नेपाललाई आफ्नै निवासमा बोलाएर नेपालले भेटवार्ता गरेका थिए । कहिले बालुवाटारमै सारंगी रेट्न लगाउने कहिले लामो भेटघाट छ, आउनु भन्दै सन्देश पठाउने गरी नेपाललाई आफुसँग नजिक ल्याउने प्रयासमा ओली अहिले जुटेका छन् । उनले सोमबार बेलुकी पनि नेपाललाई सोही प्रयोजनका लागि बालुवाटार निम्ताएका थिए ।

नेपालले पनि बालुवाटारबाट तारन्तार भेट्न निम्तो आउन थालेपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग सम्वाद गरेर मात्र वालुवाटार पुगेका थिए । अध्यक्ष प्रचण्डसँग वानेश्वरस्थित होटल अर्यालमा भेट गरेर मात्र नेता नेपाल साँझ बालुवाटार पुगेका थिए । सोमबार बेलुकी नेपालसँग ओलीले आफुहरुको मिलनले मात्र पार्टी बलियो हुने भन्दै त्यसका लागि मिलेर काम गर्न आफु तयार रहेको सन्देश प्रवाह गरेको नेपाल निकट एक नेताले वताए । तर नेपालले आफु को सँग सम्बन्ध नजिक हुने र दुरी बढ्ने कुरा नेताहरुको कार्यशैलीका कारण मात्र सम्वभ हुने बताएको स्रोतले बतायो । ओलीले सरकारको नेतृत्व सम्हालेको दुई वर्षमै जन अपेक्षित काम गर्न नसक्दा बढेको आलोचना, पार्टीमा उनले चाहे अनुसार निर्णय गराउन सक्ने पकड गुम्दै जान थालेपछि ओली आफनो समुह बलियो बनाउने अभियानमा जुटेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *