ताजा समाचार

मूख्यमन्त्री पौडेलद्धारा पार्टीको निर्देशन उल्लंघन, पार्टीभित्र हलचल

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी निर्दैशन उल्लंघन गरेका छन् । पार्टीको निर्देशन उल्लंघन गरी मन्त्रिपरिषद् विस्तार गरेपछि सत्तारुढ दल नेकपाभित्र हलचल मच्चिएको छ । राष्टपति विद्यादेवी भण्डारीका निकट मनिएका मुख्यमन्त्री पौडेलले पार्टी निर्देशनलाई अटेर गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले गत वर्ष आफैसँग क्याविनेट बैठकमै मुखामुख गरेका केशव स्थापितलाई पदवाट हटाएपछि भौतिक योजना तथा विकास मन्त्रालय आफैले राख्दै आएका थिए ।

सोमबार उनले उक्त मन्त्रालयको जिम्मा रामेश्वर फूयाँललाई दिएका हुन् । फूयाँलले सोमबार नै प्रदेश प्रमुखवाट सपथ लिएका छन् । पार्टी प्रदेश कमिटिले भने मुख्यमन्त्री पौडेललाई मन्त्रिमण्डल समावेशी बनाउन भन्दै एकै पटक सबै विषयमा छलफलमा पुगेर निर्णय लिन निर्देशन दिएको थियो । वागमती प्रदेशको मन्त्रिपरिषदमा एक जना पनि महिला मन्त्री छैनन । २६ माघको प्रदेश पार्टी बैठकमा मुख्यमन्त्री पौडेलले आफुले क्याबिनेट विस्तार गर्न लागेको र रिक्त मन्त्री पदमा नियुक्त गर्न खोजेको जानकारी गराएका थिए । त्यसपछि प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समावेशी मन्त्रिपरिषद् बनाउन भन्दै अहिले एउटाको विषयलाईमात्र नहेर्न निर्देशन गरेकी थिइन् । पौडेलले फूयाँललाई एक साता अगाडी नै मन्त्री बनाउन चाहेका थिए ।

पार्टी कमिटिले त्यसो नगर्न मुख्यमन्त्रीलाई निर्देशन गरेपछि गत साता नै भौतिक मन्त्रीको सपथ खाने योजनामा रहेका फूयाालको सपथ रोकिएको थियो । तर सोमबार पार्टी निर्देशन विपरित नै मुख्यमन्त्री पौडेलले भौतिक योजना तथा विकास मन्त्रालयमा फूयाललाई नियुक्त गरेपछि नेकपाभित्र हलचल मच्चिएको छ । त्यसवेला शाक्यलाई चुनावमा पराजित गराउन प्रधानमन्त्री केपी ओली समेत अग्रसर भएको त्यसवेलै खुलेको थियो । एक साता अगाडी ओलीले नै विवाद हुन्छ भने रोक्न मुख्यमन्त्री पौडेललाई टेलिफोनमा भनेका थिए ।

तर केन्द्रमा ओलीले डा शिवमाया तुम्वाहाम्फेलाइृ कानुन मन्त्रीमा नियुक्त गरेकै दिन प्रदेशको भौतिक योजनामा पनि मन्त्रि नियुक्त गर्ने काम भएपछि प्रधानमन्त्रीकै ठाडो निर्देशनमा मुख्यमन्त्री पौडेलले क्याविनेट विस्तार गरेको नेकपा नेताहरुको वुझाई छ । मुख्यमन्त्री पौडेलले पार्टी निर्देशन नमान्ने, आफु अनुकुल एकलौटी निर्णय लिन थालेपछि नेकपाभित्र भने विवाद बढन थालेको छ । कतिपय सांसदहरुले मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव नै दर्ता गराउनु पर्ने भन्दै लविङ समेत शुरु गरेका छन् । केही सांसदहरुले भित्री रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर अभियान समेत चलाएको चर्चा नेकपाभित्र छ । वागमती प्रदेशमा नेकपा एक्लैको वहुमत छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *