काठमाण्डाैं।बलात्कार अभियाेगमा थुनामा रहेका पुर्वसभामुख कृष्णवहादुर महराले सफाइ पाएका छन।काठमाण्डाैं जिल्ला अदालतले साेमवार उनलाइ सफाइ दिएकाे हाे।संसद सचिवालयकाे कर्मचारी राेशनी शाहीलाइ बलात्कार गरेकाे भन्दै उनलाइ असाेज १९गते पक्राउ गरिएकाे थियाे।साेमवार काठमाण्डाैं जिल्ला अदालतका न्यायाधिश अमरराज पाैडेलकाे इजलाशले सफाइ दिएकाे हाे।उनकाे वारेमा सुनुवाइ भने आइतवार नै सकिएकाे थियाे।
अदालतकाे फैसला लगत्तै महरा डिल्लिबजार सदरखाेर पुगेका थिए।उनी जेलमा पुगेकाे केहीवेरमा निस्किए।उनलाइ जेलबाट निस्कदा पुर्वप्रहरी प्रमुख रमेशचन्द ठकुरी,पुर्वडिअाइजी रन्जनहरि काेइराला लगायतले विदाइ गरेका थिए।महरा जेलबाट निस्किदा सयाैंकाे संख्यामा उपस्थित नेकपा कार्यकर्ता उनकाे स्वागतमा पुगेका थिए।मानिसकाे हातमा खादा माला थियाे भने उपस्थिन कार्यकर्ताले न्याय पाएकाे भन्दै महराकाे जय जयकार गरेका थिए।




