ताजा समाचार

चितवनमा नेकपा पार्टी कार्यालय ताेडफाेड,पुर्वएमालेकाे कुटाइबाट पुर्वमाअेावादी घाइते

काठमाण्डाैं।चितवनमा नेकपा कार्यकार्ताविच भडप भएकाे छ।पार्टी कार्यालयमा नै एक आपसमा झडप भएकाे हाे । पार्टी कार्यालयमा भएकाे विवादमा पुर्वएमालेका कार्यकर्ताकाे कुटाइ खाएर पुर्वमाअेावादी कार्यकर्ता घाइते भएका छन।

चितवनमा नेकपा कै दुइ विधार्थी संगठनविच झडप भएकाे हाे । अनेरास्ववियु र अखिल क्रान्तिकारी विच झडप भएकाे हाे । पुर्वएमाले निकट अनेरास्ववियुकाे रड प्रहारबाट अखिल क्रान्तिकारीका देव पाठक गम्भीर घाइते भएका छन।उनकाे उपचार भइरहेकाे छ।

नेकपाकाे केन्द्रमा एकता भएपनि कृषि तथा बन विज्ञान विश्वविधालयमा एकता भएकाे छैन।यहि विषयमा विवाद बढता झडप भएकाे हा।रामपुरमा भएकाे याे झडप नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएकाे छ।

क्याम्पसमा भएकाे याे झडप पछि रिसाएका पुर्वमाअेावादी निकट विधार्थीहरू पार्टी कार्यालय चितवन पुगेर ताेडफाेड गरेका छन।उनीहरूकाे प्रहारबाट पार्टी कार्यालयकाे सिसा फुटेकाे छ।

चितवनबाट नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चुनाव लडेपछि र यहि स्थानकाे महानगरपालिकाकाे मेयर उनकी पुत्री रेणु दाहाल निर्वाचित भएपछि यसलाइ निर्वाचन क्षेत्रकाे रूपमा विकास गरिरहेका छन।उनी वारम्वार चितवन जाने र यसलाइ मुख्य आधार क्षेत्र बनाउने समेतकाे काम गरिरहेका छन।प्रचण्डकाे याे कामबाट अन्य पक्ष भने उति सन्तुष्ट देखिन्न।कतिसम्म भने प्रचण्डले चितवनमा आफनाे पिएसअेा भएर लामाे समय काम गरेका प्रहरी अधिकारीलाइ नै जिल्लाकाे इन्जार्च बनाएर पठाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *