ताजा समाचार

एमसीसीबारे जथाभावी नबोल्न अध्यक्षद्धयलाई रावलको सुझाव

काठमाडौं । नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने भनेर बोलिरहँदा एमसीसी अध्ययनका लागि बनेको कार्यदलका एक सदस्य नेता भीम रावलले कार्यदलको प्रतिवेदन सार्वजनिक नभई बोल्न नहुने बताएका छन् ।

मलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विषयमा अध्ययन गर्न पार्टीले कार्यदल गठन गरेकाले उक्त कार्यदलको प्रतिवेदन नआएसम्म अध्यक्षहरुलाई उक्त विषयमा बोल्ने अधिकार नभएको भन्दै नेता रावलले जथाभावी नबोल्न सुझाव दिएका हुन् । नेकपाको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले एमसीसीका सन्दर्भमा अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको स्मरणमा राख्न भन्दै एमसीसी अध्ययन कार्यदलका सदस्य समेत रहेका नेता रावलले केन्द्रीय समिटीको कार्यादेश विपरित कुनै पनि व्यक्तिलाई जथाभावी बोल्ने छुट नभएको प्रस्ट पारेका छन् ।

केन्द्रीय कमिटीले दिएको कार्यादेश अनुसार आफुहरुले एमसीसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल गरिरहेको भन्दै एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको नेता रावलले स्मरण गराएका छन् । नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम एमसीसीका विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ ।

कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा गर्योभने त्यो औचित्यहित हुन्छ । कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिवयक्ति नदिने विषयमा आचारसंहिता बनाएको नेता रावलले बताएका छन् । कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेश विपरित अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने नेता रावलले बताएका हुन् ।साथै एमसीसीको विषयसम्म जोडीएका अन्य दर्जन भन्दा बढी सम्झौताहरु पनि कार्यदलले फेला पारेको नेता रावलले खुलासा गरेका छन्। अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरु पनि हुन सक्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *