काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो गृह जिल्ला पुगेर सरकार ढाल्ने खेल भैरहेको बताए । गृहजिल्लामा पुगेर उनले त्यसो किन भन्ने प्रश्न आएको छ । लामो समयपछि झापा पुगेका प्रधानमन्त्री ओलीले सरकार बदल्ने र ढाल्न खेल हुनु स्वाभाविक होइन भन्दै यसो गर्नुका पछाडि नेकपाको सरकार कतिपयलाइइ मन नपरेको समेत बताए ।
संसदमा झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका छन् । उनको पार्टी नेकपा एक्लैको संसदमा १७४ जान भने प्रतिपक्ष काँग्रेसले सरकारलाई हलचल गराउन सक्ने अवस्था छैन् । तर पनि उलने कसबाट सरकार ढाल्ने खेल भयो भन्ने विषयमा केही बताएनन । सरकार हलचल गर्न उनको पार्टी नेकपाले कुनै अर्को कदम नचालेसम्म सरकार हेरफेर गर्न अन्यले चाहेमा सम्भव नै छैन । उनको पार्टी नेकपाभित्र ४ मंसिरमा मात्रै दुई अध्यक्षका बीच कार्यविभाजन हुँदा ओलीले सरकार र प्रचण्डले पार्टी हाँक्ने समझदारी समेत बनिसकेको छ ।प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नभएको प्रतिक्रिया बारम्बार दिईरहेका छन् ।
तर प्रधानमन्त्री ओलीले संसदमा रहेको आफ्नै पार्टीको बहुमतको यस्तो अंकगणितका बीच पनि सरकार ढाल्ने षडयन्त्र शुरु भएको बताउनुले यसलाई कुन रुपमा लिने भन्ने बारेमा सरकारमै रहेका नेताहरुले आश्चर्य व्यक्त गरेका छन् । ओलीले गृहजिल्ला झापा पुगेर आफु नेतृत्वको सरकार ढाल्ने षडयन्त्र शुरु भईसकेको बताएका थिए । कुनै पनि प्रधानमन्त्रीका विरुद्ध २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाउने सम्वैधानिक ब्यवस्था छ । ३ फागुनमा ओलीले सरकारको मोर्चा सम्हालेको दुई वर्ष पुगेको छ । सरकार गठन भएको दुई वर्ष पूरा भए लगत्तै ओलीबाट किन सरकार ढाल्ने षडयन्त्रको शुरुवात भएको भन्ने अभिब्यक्ती सार्वजनिक भयो ? अहिले यसका बारेमा राजनीतिक क्षेत्रमा बहस शुरु भएको छ । के नेकपा आफैले ओलीका विरुद्ध अविस्वासको प्रस्ताव ल्याउने षडयन्त्र हुदैछ त भन्ने प्रश्न उठेपनि प्रचण्डले हात उठाइसकेका कारण त्यस्तो अवस्था देखिदैन । ओलीले दुई तिहाई बहुमतको सरकार सञ्चालन गरिरहदा पनि प्रभावकारी काम भने गर्न सकेका छैनन् ।
सरकारको काम देखि आम मानिस मात्र होइन, स्यवं उनकै पार्टीका नेताहरु समेत सन्तुष्ट हुन सकिरहेका छैनन् । पार्टी भित्र पनि सचिवालय, स्थायी समिति देखि केन्द्रीय समिति सबैतिर अहिले ओली अल्पमतमा छन् । पहिलो पटक पार्टीका संरचनामा अल्पमतमा परेका, आफुले चाहेको निर्णय लिन ओली सफल नदेखिएका कारण पनि उनले आफु नेतृत्वको सरकार ढाल्ने षडयन्त्र शुरु भएको ठानेका हुन सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । ओलीले झापाको दमकमा आयोजित सभामा भनेका थिए, –‘५० वर्षअघि यहीँ जिल्लामा ज्यान हत्केलामा राखेर निरंकुश शासकविरुद्ध लडाइँ सुरु गरेको हुँ, २० वर्ष पञ्चायत विरुद्ध लडें । १४ वर्ष जेल जीवन बिताए । ६ वर्ष भूमिगत हुनुप¥यो । १८ वर्ष राजतन्त्रविरुद्ध लड्नुप¥यो । अहिले पनि लडिरहेको छु । ४६ वर्षदेखि रोगसँग लडिरहेको छु । त्यसैले मलाई रोग, जनविरोधी, प्रतिक्रियावादीहरूसँग लड्न डर लाग्दैन ।’आफू बिरामी भएपनि अझै केही वर्ष बाच्ने र आफनो मृत्यु पर्खेर नबस्न ओलीले आफ्नै पार्टी नेताहरुप्रति इंगित समेत गरेका थिए ।




