काठमाण्डाैं।पूर्वसभामुख कृष्णवहादुर महराकाे बयान सकिएकाे छ।संसद सचिवालयकी कर्मचारीलाइ बलात्कार र हातपात गरेकाे अभियाेग लागेपछि उनलाइ थुनामा राखिएकाे छ।
सचिवालयमै कार्यरत राेशनी शाहीकाे जाहेरीकाे भरमा उनलाइ मुद्धा चलाइएकाे हाे।मध्यदशैंमा पक्राउ परेका महरा अहिले सम्म प्रहरीकाे थुनामा नै छन।उनीविरूद्धकाे मुद्धाकाे बयान सकिएपनि अाइतवार कुनै फैसला भने सुनाइएन।बरू,समय अभाव भएकाे भन्दै साेमवार मात्र यसवारेमा फैसाल गर्ने भनेर काठमाण्डाैं जिल्ला अदालतले हेर्दा हेर्दैमा राखेकाे छ।न्यायाधिश अमरराज पाैडेलकाे इजलाशमा उनकाे सुनुवाइ भएकाे थियाे।यसअघि ल्याव टेष्ट गर्ने, प्राविधिक,अनुसन्धान अधिकृत,लगायतलाइ अदालतमा नै उपस्थित भएर बयान दिन भन्दै अदालतले समय लम्ब्याएकाे थियाे।याे बयान पनि सकिएपछि अब महराकाे वारेमा फैसला गर्न लागिएका हाे।महरा पक्ष रिहाइ हुनेमा ढुक्क देखिन्छ ।यता अदालतले थप कुनै साक्षी वा प्रमाण वा बयानकाे अावश्यकता देखेन भने आज नै फैसला हुने सम्भावना देखिन्छ।




