ताजा समाचार

मूख्यमन्त्री पोखरेलको प्रचण्डलक्षित तिर-देश प्रगति पथमा लम्किरहेका बेला पार्टी नेतृत्वले जनतामा असन्तुष्टि देख्नु षडयन्त्र

काठमाडौं।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आलोचना गरेको विषयमा पार्टीका स्थायी कमिटी सदस्य एवं पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् । नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको २ वर्ष पुगेकै दिन प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अर्का पार्टी अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।
देश प्रगति पथमा लम्किरहेका बेला पार्टी नेतृत्वले जनतामा असन्तुष्टि देख्नमा गम्भीर षडयन्त्र रहेको हुन सक्ने संकेत पनि पोखरेलले व्यक्त गरेका हुन् । उनले नेपालमा कम्युनिष्ट पार्टी र सरकार बिरुद्ध शक्ति केन्द्रहरुको उक्साहटमा यस्ता गलत प्रचार भैरहेको आरोप पनि लगाएका छन् । ओली निकट मानिएका पोखरेल प्रचण्डतिर किन खनिए भन्ने प्रश्न उठेको छ । आर्थिक सूचकमा नेपालले प्रगति गरेको देखिदा पनि जनतामा असन्तुष्टि व्याप्त छ भन्दै प्रचार गर्दै हिड्ने नेतृत्व र समृद्धिको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको व्यक्तित्व ओरालो लागेको देख्ने ठूला मिडियाहरु देख्दा यहाँ तथ्य र सत्यको होइन,वाह्य शक्तिकेन्द्रको स्वार्थमा आधारित प्रायोजित एजेण्डाको पैरवी गर्नेको वोलवाला वढ्दैछ भन्ने देखिन्छ ।
कुल गार्हस्थ उत्पादनमा भएको तिव्र वृद्धि तथा सामाजिक एवम् मानविय सूचकहरुमा भएको उत्साहजन वृद्धिवाट जनता निरास हुनुपर्ने कारण त केही छैन । जनतालाई आशावादी बनाउने पार्टी नेतृत्व नै स्वार्थमा विभाजित भएका कारणले र नेपालमा वामपंथी सरकारले राजनीतिक स्थायित्व हासिल गर्न सफल हुदै गरेको अवस्थावाट चिन्तत भएका शक्ति केन्द्रहरुको प्रायोजित प्रचारबाजीका कारणले पनि जनतामा भ्रम सिर्जना भएको भन्दै उनले आफ्नो सामाजिक सञ्जाल लेखेका छन् । उनले प्रचण्डलाई लक्षित गरेर भनेका छन् ‘गएको वर्षको तुलनामा प्रदेस सरकारको काममा पनि उल्लेख्य सुधार देखिदैछ । प्रदेस ५ कै कुरा गर्ने हो भने गएको वर्ष प्रथम चौमासिकमा ८ प्रतिसत मात्र खर्च गर्न सकेको प्रदेस सरकारले सोही अवधिमा १९ प्रतिशत सम्म बजेट खर्च गर्न सफल भएको अवस्था छ । संरचनागत आधार पनि पहिलोको तुलनामा प्रदेस सरकार सुदृढ वन्दै गएको अवस्था छ ।’ उनका अनुसार स्थानीय सरकारसंग प्रदेसको जिवन्त संवन्ध स्थापित भएको छ । कृषि अनुदानको कमजोर अवस्थामा सुधार देखिदैछ । सामुदायिक विद्यालयको अवस्थामा सुधार देखिदैछ । प्रादेशिक र जिल्ला अस्पतालहरुको सेवाको स्तरमा उल्लेख्य सुधार देखिदैछ ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका माध्यमवाट सरकार सिमान्तकृत वर्गमा पुग्न सफल देखिदैछ । कृषिमा प्रविधिको प्रयोग उल्लेख्य मात्रामा वढेको छ । खानेपानीको क्षेत्रमा लगानी वढेको छ । ‘तीन वर्ष भित्रमा सतप्रतिसत घरपरिवारमा पानीको धारा पुग्ने कुरा सुनिश्चित देखिदैछ । सबैका घरमा विजुली दुई वर्ष भित्रै पुग्ने गरी काम अघि वढ्को छ । खरको छाना विस्थापन अभियानका रुपमा अघि वढ्दैछ । जनता आवास कार्यक्रम सफलता पूर्वक अघि वढेको छ । सिचाईका पुराना आयोजनाहरु सम्पन्न हुने अवस्थामा पुगेका छन् । केन्द्रवाट हस्तान्तरित सडक आयोजना आउने वर्ष सम्पन्न हुने गरी अघि वढेका छन् । प्रदेसमा नीजि क्षेत्रको लगानी उल्लेख्य मात्रामा वढेको छ । रुपन्देही,वाँके, परासी, दाङ र कपिलवस्तुमा औद्योगिक विकासले तिव्रता लिएको छ ’, मूख्यमन्त्री पोखरेलले भनेका छन् । ‘पाल्पाली ढाका उद्योगको पुनर्जिवनको सम्भावना वढेको छ । गुल्मीको कफीका लागि वाह्य बजारको सम्भावना देखिएको छ । अल्लोको उत्पादनले व्यावसायिक रुप लिदैछ ।
प्रदेसमा लगानी मैत्री वातावरण रहेको विश्वास वढेको छ र त्यसको जगमा प्रदेस स्तरिय लगानी सम्मेलन आयोजना गरिदैछ । पर्यटन प्रवर्धनका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । होटेल व्यावसायको विस्तार पनि तिव्र गतिमा भइरहेको छ । स्तरिय होटेलहरु खुल्ने क्रम जारी छ ।यसवाट प्रदेसमा रोजगारीका अवसरमा पनि उल्लेख्य वृद्धि भइरहेको छ । प्रदेसमा स्थानीय तहहरुको काम पनि अन्य क्षेत्रको तुलनामा राम्रो अवस्थामा छ । केन्द्र प्रदेस र स्थानीय सरकारको योगदानका कारणले गएको वर्ष यो प्रदेस सबैभन्दा वढि आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेस वन्न पुगेको छ ।
चालु आर्थिक वर्षमा त्यसमा अझै राम्रो हुने अवस्था छ । लामो समयसम्म पछि परेको मुलुकका जनतामा तिव्र परिवर्तनको अपेक्षा हुनु स्वभाविक नै हो ।विगत लामो समय देखि विग्रिएको अवस्थामा रातारात चमत्कार हुने त होइन । तर जे भएको छ त्यो उल्लेखनीय नै छ । भविष्यमा अझै राम्रो हुने निश्चित छ । आशावादी बनौ ।आशाको संचार गरौ’,उनले आफ्नो फेसबुकमा भनेका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *