ताजा समाचार

नेकपामा प्रचण्ड हावी, ओलीका कठिन दिन सुरू

काठमाण्डाैं।प्रधानमन्त्री केपी ओलीका कठिन दिन सुरू भएका छन।सरकार गठन भएकाे दुई बर्ष पुरा भएसंगै ओली दुई ढंगबाट कठिन माेडमा पुगेका छन। उनका कठिन दिन यसरी देखिएका हुन-पार्टीमा हालै सम्पन्न केन्द्रीय कमिटी वैठक र सभामुख चयन प्रकरणमा प्रधानमन्त्री कमजाेर देखिनु र संवैधानिक तवरमा सरकार विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ताकाे लागि समेत वाटाे खुल्ला हुनु ।

प्रधानमन्त्री अेाली दुई बर्षसम्म फुक्काफाल भएर घुमे र सरकार र पार्टी चलाए।तर,जब उनी सभामुख चयनकाे सवालमा पछि हटन वाध्य भए,यसपछि उनी कमजाेर भएकाे संकेत मिलेकाे छ।

राेचक पक्ष त के छ भने धादिङमा पुगेर नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले हमला बाेलेका छन।उनले भनेका छन-म जहाँ जहाँ जान्छु,सरकारकाे कमजारी पाउछु र गुनासाे सुन्नु परेकाे छ।र,मैले जति सरकारकाे गुनासाे सम्भवत कसैले सुनेकाे छैन किनभने म सवैभन्दा बढी हिंडेकाे छु।

उनले यसाे त्यतिवेला भने जतिवेला प्रधानमन्त्री अेाली अैांला भाँची भाची सरकारले गरेकाे कामकाे वारेमा पार्टीका नेता,सांसदलाई वताउदै र वुझाउँदै थिए।याे एक किसिमकाे हमला नै थियाे। प्रचण्डले यसाे भन्नुकाे सिधा मतलब अब सरकारले जे गरेपनि पार्टी चुप लागेर बस्दैन भन्ने नै हाे।र,उनले घुमाउराे पारामा अब प्रधानमन्त्री मत्ता हात्ती जस्ताे भएर हिंडने दिन गए भन्ने उनकाे संकेत हाे।

राेचक पक्ष के पनि छ भने प्रचण्ड यसाे कतिवेला भनेका छन भने जब सरकारकाे रक्षाकवच संविधान थियाे,र याे अवस्था हटेकाे थियाे। अर्थात संविधानमा २ बर्षसम्म सरकार विरूद्ध अविश्वास प्रस्ताव राख्न मिल्दैन भन्ने जुन संवैधानिक प्रावधान थियाे,सरकार बनेकाे दुइ बर्ष लगत्तै याे हटेकाे छ।

नेपालकाे राजनीतिक इतिहासमा मिलिजुली सरकार हाेस वा एकमना सरकार नै किन नहाेस,एउटै दल भित्र जब विवाद हुन्छ तब सरकार ढलेकाे रेकर्ड छ।यसकारण नेकपा भित्र पाच बर्ष नै ओलीले सरकार चलाउने कुरा प्रष्ट छ तर यसाे भनदै नेकपाले उनलाई सजिलाे संग सरकार चलाउन भने दिनेछैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *