ताजा समाचार

चीनको वुहानबाट १ सय ७५ जना नेपाली फर्किए, ज्वरो आएपछि ६ जना विमानस्थलमै रोकिए

काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र चीनको हुबेई प्रान्तस्थित वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ। वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

६ जना विमानस्थलमै राेकिए

नेपाल सरकारले फिर्ता ल्याउने पहल गरेपछि १ सय ८५ जनाले निवेदन दिएका थिए । जसमा ६ जनालाई उच्चतापक्रम देखिएको भन्दै चिनियाँ अधिकारीहरूले विमानस्थलमै रोके । ४ जनाले उतै बस्ने निर्णय गरेपछि नेपाल फर्किनेको संख्या १ सय ७५ मात्र भएको हो।

स्वदेश ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *