ताजा समाचार

सभापति देउवाले भने-कम्युनिष्ट सरकारले विदा कटौति गरेर शेर्पा समुदायको अपमान गर्‍याे, कांग्रेसको सरकारले विदा दिन्छ

काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्वो ल्होसारको अवसरमा दिइदै आएको विदा सरकारले कटौति गरेको भन्दै आपत्ति जनाएका छन् । नेपाल लोकतान्त्रिक शेर्पा संघले ग्याल्वो ल्होसार २१४७ को अवसरमा आयोजना गरेको शुभकामना आदना प्रदान कार्यक्रममा प्रमुख अतिथि रहेका सभापति देउवाले ग्याल्बो ल्होसारको अवसरमा दिदैआएको सार्वजनिक विदा कटौति गरेर सरकारले शेर्पा समुदायमाथि ठूलो अन्याय र अपमान गरेको बताएका हुन ।

शेर्पा समुदायलाई आस्वस्त पार्दै सभापति देउवाले भने अबको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ र कांग्रेस नेतृत्वको सरकारले ग्याल्वो ल्होसारको अवसरमा सार्वजनिक विदा दिन्छ ।
नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउन शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको भन्दै सभापति देउवाले शेर्पा समुदायको योगदानको प्रशंसा गरे । सगरमाथा र शेर्पा समुदाय नेपालको चिनारी भएकाले राज्यले शेर्पा समुदयलाई सम्मानित स्थानमा राख्नु पर्ने सभापति देउवाले बताए ।
नेपाललाई सगरमाथा र तेन्जिङ्ग नाँर्गे शेर्पाले संसारसामु चिनाएको भन्दै सभापति देउवाले उच्च मनोवालका साथा काम गर्न शेर्पा समुदायलाई अग्रह गरे । हिमालको काखमा अवस्थित सोलखुम्बु जिल्लामा जन्मिएका प्रथम सगरमाथा आरोही तेन्जिङ्ग नाँर्गे शेर्पालाई राज्यले उचित सम्मान दिन नसकेको सभापति देउवाको भनाई थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद जिपछिरिङ्ग लामाले शेर्पा समुदायलाई राजनीतिक मुलप्रवाहमा आउन हौसला प्रदान गरेका थिए ।लामाले सरकारले आमसञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था गरिरहेको बताउँदै केही सञ्चारमाध्यम भने सरकारका गलत क्रियाकलापको पनि संरक्षण गरेर प्रमुख प्रतिपक्षीको समाचार सम्प्रेषण नगर्ने गरेको गुनासाे गरे।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछि भत्किएका गुम्बा पुनःनिर्माणमा भेदभाव गरेको आरोप सांसद लामाले लगाए ।

लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष ल्हाक्पा ठिलेन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल, संविधान सभाका पूर्व सदस्य पासाङ शेर्पा, प्रदेश संसद निमा लामा, सिन्धुपाल्चोक कांग्रेस सभापति विकास लामा, दोलखा कांग्रेस सभापति रुद्रबहादुर खड्का, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, महासमिति सदस्य विमल ठकुरीलगायत दर्जनौ नेताहरुले शुभकामना मन्तब्य राखेका थिए ।
समाजमा विशिष्ट योगदान पुर्याएका शेर्पा समुदायका तीन जना व्यक्तिलाई सम्मान समेत गरिएको थियो । कांग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद जिपछिरिङ्ग लामा, वेल्जियमका अवैतानिक वणिज्य दूत समेत भएका  पर्यटन व्यवसायी आङछिरिङ्ग शेर्पा र एन्फका अध्यक्ष कर्माछिरिङ्ग शेर्पालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सम्मानप्रत्र वितरण गर्नु भएको लोकतान्त्रिक शेर्पा संघका सचिव सञ्जय शेर्पाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *