ताजा समाचार

डा.वावुरामले भने-प्रधानमन्त्री ओलीका ७३१ दिन गफमै विते

काठमाण्डाैं।शनिवार समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीकाे दुई बर्षकाे कामकाे बखान सुनिसकेपछि कडा प्रतिक्रिया दिएका छन।

पुर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले प्रधानमन्त्री ओलीकाे २ बर्ष उखान तुक्का र गफमा वितेकाे बताएका छन । प्रधानमन्त्रीले निकै मेहनत गरेर सरकारकाे रक्षा गरेकाे,भए नभएका वुदा टिपेर काम गरेकाे भान पार्न खाेजेकाे पाएपछि डा.भट्टराईले कडा प्रतिक्रिया दिएका हुन।उनले बर्षमा मात्र हाेइन दिनमा नै प्रधानमन्त्रीकाे विगत र अागतकाे हिसाव गरेका छन।उनले भनेका छन-प्रमको संसदमा ७३१दिनको कामको बखान सुन्दा बँकी १०९४ दिन आफ्नै पार्टीले छिर्केहानेन भने!)पनि यस्तै गफमा बित्नेभो भन्ने चिन्ता लाग्यो!कमसेकम आफ्ना कमजोरी पनि छन् भन्ने आफैं बुझ्ने वा प्रतिपक्षी दलहरू/मिडियाको आलोचना सुन्ने क्षमता भए पो मान्छे सुध्रिन्छ ! भीरबाट लड्ने गाईलाई राम राम।

प्रधानमन्त्रीकाे दुई बर्षमा गफमा वितेकाे देख्द वाकी दिन पनि यसैगरि वित्ने हाे कि भनेर चिन्ता लाग्याे भनेर उनले प्रतिक्रिया दिएका छन।पुर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले कमसेकम कमजाेरी छन भन्ने पनि महशुश गरेकाे भए वेश हुन्थ्याे भनेका छन।

शुक्रवार कांग्रेस सांसद दुर्गा उपाध्यायकाे निधन भएपछि संसदमा सरकारकाे कामकाे फेहरिस्त प्रस्तुत गर्न नपाएका प्रधानमन्त्री ओलीले शनिवार संसदमा विशेष सम्वाेधन गरेका थिए।उनले सम्वाेधन मार्फत सरकारले बहुत धेरै काम गरेकाे भनेर सरकारकाे रक्षा गरेका छन।तर उनले यसाे भनेपनि उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सरकारले चित्त वुझदाे काम नगरेकाे बताएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *