काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनको सुरुमै सरकार दुई वर्षसम्म चल्नु नै सवैभन्दा ठूलो उपलब्धि भएको बताए । आफू नेतृत्वको सरकारको दुई वर्षे उपलब्धि सार्वजनिक गर्दै सरकार सार्वधिक लोकप्रिय भएको दावी गरे । राष्ट्रियसभामा नेकपाले सबै जित्नु र उपनिर्वाचनको परिणाम समेत नेकपाको पक्षमा आएको भन्दै सरकारको लोकप्रियता मापन गरे । यो ओलीको बस्तुनिष्ट विश्लेष भन्दा मनगणन्ते विष्लेष थियो ।
नेपालका प्रेस र सम्पादहरुसंग खनिदै आएका प्रधानमन्त्री ओलीले आफूले थालेका राम्रा कामको आलोचना नगर्न संसदबाट चेतावनी दिए । विचार असहमत भएका कारण सम्पादकहरुले सरकारले गरेका लोकप्रिय कार्यको आलोचना गरेको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले संसदमा सम्पादकहरुलाई लक्षित गर्दै लोकतन्त्रको पाठ समेत पढाए ।
संसदमा सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले मधेशको मन जित्ने कोशिस गरेका थिए । उनले तराईमा शान्ति भएको र शितलहरबाट तराई प्रभावित हुनबाट जोगाएको भन्दै तराईमा गुमेको ओलीको राजनीतिक शाख फर्काउन कोशिस गरे ।
प्रधानमन्त्री ओलीले प्रत्येक दिन ६ किलोमिटर सडक कालोपत्र भएको बताएका थिए । मुलुकको सडकको दूरावस्था हेर्दा प्रधानमन्त्रीको दाबी तथ्यपरक नभएको स्पष्ट हुन्थ्यो । पहिलो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै तुइनमुक्त नेपालको घोषणा गरेका प्रधानमन्त्रीले अभै मुलुकमा तुइन रहेको भने स्वीकारे । प्रधानमन्त्री ओलीले ६६ प्रतिशत जनतामा इन्टरनेट पहुच पुगेको दावी गरेपनि ६२ प्रतिशत मात्र जनताले इन्टरनेट सेवा लिएको आकडा पाइन्छ ।
प्रधानमन्त्री ओलीले दक्षिण एशियामै पहिलो खुला दिशामुक्त देश नेपाल बनाएको, सरसफाई र सुद्धखानेपानीको पहुच ९९ प्रतिशत जतामामा पुगेको दावी गरे । लोडसडिङ अन्तय गरेर भारतलाई विजुली समेत बेच्न थालिएको प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले संवोधनका क्रममा एमसीसीले देशको तस्तीर बदलिने घोषणा गरे । प्रधानमन्त्रीले ललितानिवास जग्गा प्रकरणलाई जोडेर ड्यागनको लोककथा समेत सुनाउन भ्याए ।
रेल पानीजहाज जस्ता गेमचेन्जर परियोजनाले नेपालको गुणात्मक सुधार हुने बताए । प्रधानमन्त्री ओलीले तीव्र आर्थिक विकास हासिल गरेका १० मुलुकभित्र नेपाल परेको बताए । मुलुकले तीव्ररूपमा विकास गरिरहको छ, प्रधानमन्त्री ओल भने देश तीव्र आर्थिक विकास हासिल गरेका १० मुलुकभित्र परेको छ, ६.५ आथिक वृद्धिदर छ, कूल आम्दानी १८ प्रतिशतभन्दा माथि छ ।
प्रधानमन्त्री ओलीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै अहिले १६.५ प्रतिशत गरीबीमा झरेको बताए । नेपालमा बेरोजगारी समस्या हल भएको बताए । बेरोजगारी समस्या हल भएका कारण नेपालमा श्रमबजारमा श्रमिक समेत नपाइने दाबी गरे ।
आफ्नो कार्यकालको उपलब्धि सार्वजिनक गर्न रोष्टममा उभिएका प्रधानमन्त्रीले घुमाउरो भाषामा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवालाई व्यङ्ग्या गर्न समेत पछि परेनन् ।




