ताजा समाचार

दुई बर्षकाे सवैभन्दा राम्राे तुक्का कुन हाे ?

काठमाण्डाैं।सरकार गठन भएकाे दुई बर्ष पुरा भएकाे छ।दुई बर्ष अघि सरकार बन्दा एमाले र माअेावादी एक भइसकेका थिएनन।एमालेका तत्कालिन अध्यक्ष केपी ओलीलाई माअेावादीले समर्थन गरेर सरकार बनेकाे थियाे तर सरकार बनेकाे तीन महिनापछि नै एमाले र माअेावादी एक भएर नेकपा बन्याे। चुनावमा माेर्चा बनाएर गएकाे एमाले र माअेावादीकाे एउटै घाेषणापत्र थियाे।

नाकावन्दीकाे चर्काे विराेध पछि अचानक राष्ट्रवादी नेता भएका केपी ओली दाेस्राे पटक प्रधानमन्त्री भएपछि उनीसंग थुप्रै भराेशा र अपेक्षा गरिएकाे थियाे।खासमा पहिलाे पटक ९ महिना सरकार प्रमुख हुदा ओलीले चीनसंग गरेकाे पाच वुदे ब्यापार तथा पारवहन सम्झाैताले उनकाे उचाई झन बढायाे।नाकावन्दीकाे विराेध र चीनसंगकाे नाका खुल्ला गर्ने सम्झाैतापछि दाेस्राे पटक प्रधानमन्त्री हुदा उनी झन चमत्कारिक ढंगबाट अघि बढने अपेक्षा यसकारण गरिएकाे थियाे । सरकार गठनकाे सुरूका तीन महिना अत्यन्त वाहवाहीमा वित्याे।यहि बेलामा उनकाे सरकारले सुन काण्ड उत्खनन गरयाे भने सवारी साधनकाे सिण्डिकेट ताेडने बचन दियाे।प्रदुषण हटाउन मन्त्रीहरू सडकमा उभिएर चेक जाँच गरे।महंगी नियन्त्रण,चीनसंग विआरइमा सम्झाैता जस्ता कुराले सरकार अघि बढछ कि क्या हाे ? भन्ने ठाउँमा पुर्यायाे।तर,जब सरकार वाेलेकाे कुराबाट क्रमश पछि हट्न थाल्याे तब सरकारकाे खुट्टा काम्न थाल्याे।यसकाे सुरूवात भयाे,कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तकाे बलात्कार पछिकाे हत्या।अनेक शंका,उपशंकाबीच याे घटना यति चर्कियाे कि सरकार कमजाेर भएकाे,शान्ति सुरक्षा दिन नसकेकाे,पीडितलाई न्याय दिन नसकेकाे यहिबाट हाे।र,अहिलेसम्म पनि पन्तकाे हत्यारा पत्ता लाग्न सकेकाे छैन।

सुरूवाती सफलता र जनताकाे साथबाट हाैसिएका प्रधानमन्त्री ओली अलि घमण्डी देखिए।उनले कहिले बुद्धिजीविलाई थला पार्ने कुरा गरे त कहिले मुटु नभएका सम्पादक भने।उनले शासनकाे दुई बर्षे अवधिमा पटक पटक प्रधानमन्त्रीलाई पत्रकारले किन तिमी भनेर सम्वाेधन गरे ? किन तपाई भनेनन ? भन्ने प्रशन गरे।उनी सम्मान र प्रशंशाकाे भाेकाे देखिन थाले।

यहि बीचमा पार्टी एकताकाे क्रममा दुई अध्यक्षबीच पाच वुँदे सहमति भएकाे र त्याे पालना नभएकाे कुरा सार्वजनिक भयाे।दुई अध्यक्षबीच रस्साकस्सी चल्याे।पार्टीमा काे अध्यक्ष र काे सहअध्यक्ष भन्ने बहश हुन थाल्याे।अवस्था कतिसम्म भयाे भने जब सभामुख कृष्णवहादुर महरा महिला काण्डमा थुनिए यसपछि कसलाशई सभामुख बनाउने भनेर समेत दुई महिनासम्म बहश चल्याे। याे पक्ररणमा पुर्वमाअेावादी समुहले जित हात पार्याे र अग्नि सापकाेटा सभामुख भए । तर उनी माथि ब्यक्ति हत्याकाे अभियाेग लागेकाे छ र अदालतले मुद्धा हेरिरहेकाे छ।यसले नेकपा मिले पनि एमाले र माअेावादीकाे भावनात्मक एकता भएकाे छैन भनेर देखाएकाे छ।

दुइ बर्षे शासनकाे लामाे अवधि अेाली विरामी भए।कहिले सिंगापुर त कहिले वैंकक गर्दै उनकाे समय गयाे ।अहिले पनि दुइ दिनमा एक पटक उनी डायलासिस गरेर बसिरहेका छन।र,एमसीसी पास गरेर नया किड्नी हाल्न अमेरिका जाने तयारीमा छन।

जुन विरामी ४ घण्टासम्म डायलासिस गर्छ,जुन विरामीलाई म विरामी छु भन्ने लागेकाे छ,जुन विरामीलाई हप्तामा ३ दिन अस्पताल जानु पर्छ भने त्यस्ताे विरामीले देश कसरी चलाउँछ ? तर प्रधानमन्त्रीकाे सचिवालय भने प्रधानमन्त्री अेाली १८ घण्टा काम गरिरहेकाे भनेर प्रचार गरिरहेकाे छ।के याे सम्भव हाेला ?

विरामीलाइ सवैभन्दा पहिले आफनै शरिरहकाे चिन्ता हुन्छ।खासगरि यस्ताे अवस्थामा जब उसलाइ वारम्वार अस्पताल जानुपर्छ।अनि,त्याे विरामीले देश कसरी चलाउँछ ?

यसैकारण,पहिलाे बर्ष कानुन र दाेस्राे बर्ष पुर्वाधार बनाउछु भनेकाे सरकारले बजेट कार्यान्वयनकाे सात महिनामा जम्मा १९ प्रतिशत मात्र खर्च गर्न सकेकाे छ।यस्ताे अवस्थामा कसरी शेयर बजार माथि जान्छ ? कसरी राेजगारी सिर्जना हुन्छ ? कसरी विकास निर्माण हुन्छ ? कसरी संक्रमण टुंगिन्छ ?

यस्ताे बेलामा जम्मा एउटा काम हुन्छ,त्याे हाे-प्रधानमन्त्रीबाट मिठाे उखान तुक्का र केही थान उपदेशकाे सिर्जना हुन सक्छ। र,भन्दिनाेस,याे दुइ बर्षमा तपाइले सुनेकाे सवैभन्दा मिठाे तुक्का कुन हाे ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *