ताजा समाचार

प्रणय दिवस विशेष यी : हुन् नेपाली कलाक्षेत्रका प्रेम जोडी

काठमाडौं ।आज ‘फेब्रुअरी १४’ अर्थात ‘प्रेम दिवस’ । आजको प्रेम जोडीहरुका लागि खास दिन पनि हो । ‘भ्यालेन्टाइन डे’को रुपमा मनाइने यो दिनमा प्रेम जोडीहरु एकआपसमा उपहार आदान प्रदान गर्दै माया साट्ने गर्दछन् । प्रेममय दिन आज हामी नेपाली चलचित्र क्षेत्रका केहि विशेष प्रेम जोडीहरुको चर्चा गर्दैछौ । जसको प्रेम नेपाली फिल्म क्षेत्रमा चर्चामा रहन सफल छ ।

साम्राज्ञी र देवांश :
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र देवांश जंगबहादुर राणा बीचको प्रेम मिडियामा नलुकेको बिषय हो । बेला बेलामा उनीहरुको रोमान्सका किस्सा मिडियाको चर्चाको बिषय बन्ने गरेको छ ।
केही सार्वजनिक कार्यक्रममा पनि एकसाथ देखिने गरेका यो जोडीको केही अगाडि सार्वजनिक बिदेशको सामुन्द्री किनारमा खिचिएको रोमान्स भरिएको तस्बीर मिडियामा भाइरल भएको थियो ।
साम्राज्ञीका प्रेमी राणा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् । यसअघि मयंक खड्कासँग प्रेम सम्बन्धमा रहेकी साम्राज्ञी उक्त सम्बन्ध बिग्रिएपछि देवांशसँग नजिकिएकी हुन् ।

सृष्टि र सौगात :
अभिनेत्री सृष्टि श्रेष्ठ तथा अभिनेता सौगात मल्लको प्रेम सम्बन्ध पनि निकै रोचक छ । प्रारम्भमा यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई लुकाएका थिए । आफूहरु एकअर्कोको असल साथीका भएको बताएका उनीहरुको प्रेम मिडियाबाट भने लुक्न सकेन ।
संञ्चार माध्यमले लगातार पछ्याइरहेपछि उनीहरुलाई आफ्नो प्रेम सम्बन्ध स्वीकार गर्न करै लाग्यो । लामो समयदेखि प्रेममा रहेको यो जोडीको बिवाहको कुरो पनि चलिरहेको छ ।

आयुष्मान र प्रियंका :
चलचित्र क्षेत्रको अर्को प्रेम जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्की पनि हुन् । यो जोडी समय समयमा विभिन्न कारणले चर्चामा छाइरहन्छन् ।
आगामी १७ गते यो जोडीले बिवाह गर्ने अहिले चर्चा छ । केही पहिले नजिकका साथीलाई ब्याजलर पार्टी समेत दिएकी प्रियंकाले आयुष्मानसँग दोस्रो विवाह गर्न लागेकी हुन् । प्रियंकासँग सम्बन्ध जोडिनु अघि आयुष्मान पनि अभिनेत्री परमिता आरएल राणासँगको प्रेममा थिए ।

नम्रता र दावा :
अभिनेत्री नम्रता श्रेष्ठ व्यावसायी दावा स्टेफिन शेर्पाको प्रेममा परेको लामो समय भैसकेको छ । फिल्म ‘पर्व’को प्रेस मिटमा नम्रताको प्रेम दावासँग रहेको सार्वजनिक भएको थियो । ओपन रिलेसनसिपमा रहेपनि नम्रता आफ्नो प्रेम सम्बन्धबारे भने मिडियामा खुलेकी छैनन् । तर धेरै स्थानमा यी दुबै एकसाथ देखिएका छन् ।

पूजा र सुदर्शन :
नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा बीचको प्रेम सम्बन्धबारे पनि नेपाली चलचित्र उद्योग पुरै जानकार छ । तर आफ्नो प्रेम बारे यी दुवै मिडियामा मौन छन् । ‘मधुमास’ देखि अहिलेको ‘म यस्तो गीत गाउछु २’सम्म सुदर्शनको फिल्ममा पूजा नै हिरोइन छिन् ।

सलिनमान र अस्प्रिना :
फिल्म ‘ए मेरो हजुर २’ खेलेर चर्चामा आएका नायक सलिनमा बनियाँ पनि प्रेममा छन् । अस्प्रिना श्रेष्ठ नाम गरेकी युवतीसँग सलिनको प्रेम रहेको हल्ला छ । दोस्रो फिल्मको रुपमा ‘जात्रा’ अभिनय गरेका सलिनमानले अस्प्रिनाको जन्मदिनमा वर्थ डे सेलिव्रेसनको तस्वीर समेत सामाजिक संजालमा राखेका थिए ।

बर्षा र मिलन :
अभिनेत्री बर्षा सिवाकोटी र निर्देशक मिलन चाम्मस् बीच प्रेमको गसिप पनि मिडियामा छाएको बिषय हो । मिलनको फिल्ममा लगातार बर्षा रहनु र बिदेश भ्रमण लगायत धेरै सार्वजनिक कार्यक्रममा दुबै एकसाथ देखिनुले पनि गसिपमा बल पुर्याएको छ । प्रेमको चर्चाको बिषयमा भने दुबैले आधिकारीक धारणा अगाडि सारेको छैनन् ।

नीता र आमेष :
अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेष भण्डारीको प्रेममा केही पहिले ब्रकअप भएको थियो । तर अहिले फेरि यी दुबै एकसाथ देखिन मात्र होइन भिडियो समेत खेल्न थालेका छन् । गुपचुप प्रेम गर्दै आएका यो जोडीले एक साथ चलचित्र खेलेपछि प्रेमलाई सार्वजनिक गरेका हुन् ।

मलिना र अनुप :
पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी र नायक अनुपविक्रम शाहीको प्रेम पनि चलचित्र बजारमा लुकेको छैन । मलिना र अनुपको प्रेम सार्वजनिक भएको धेरै समय भैसकेको छ । दुबै चलचित्र क्षेत्रमा एक साथ लागिरहेका छन् ।

आश्मा र संयम :
अभिनेत्री आश्मा डीसी र अभिनेता संयम पुरीबीच ब्रेकअपको चर्चा छ । तर, यो जोडीले अहिलेसम्म आधिकारिक रुपमा यसलाई सार्वजनिक गरेको छैनन् । केही पहिले आश्माले संयम र आफूलाई एक अर्काको आवश्यकता महशुश हुने बताएकी थिइन् ।
संयम पुरीको ‘सायद’ चलचित्र चलेपछि आश्मा उनीसँग नजिक भएकी थिइन् । पहिले प्रेम लुकाएको यो जोडीले मिडियाको नियमित फ्लोअप पछि भने स्वीकारेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *