काठमाण्डाैं।वुधवार सम्म जनयुद्ध दिवसमा भाग लिने भनेर तयारी गरेका प्रधानमन्त्रि केपी अेाली विहिवार जनयुद्ध दिवसकाे दिनमा भने अचानक धुम्वाराहीमा भएकाे कार्यक्रममा सहभागीता नै जनाएनन।पार्टी एकता भएकाे दाेस्राे बर्ष पनि उनी उनी नेकपा माअेावादीले सुरू गरेकाे जनयुद्ध दिवसमा भाग नलिएर यसलाइ मान्यता दिएनन।उनी तत्कालिन एमालेमा रहदा नै माअेावादीका युद्धलाइ जनयुद्ध नभइ ब्यक्ति हत्या भन्ने गर्दथे।
फागुन १ गतेकाे कार्यक्रममा नगएका अेालीले शुक्रवार अर्थात फागुन २ गते भने संसदमा विशेष सम्वाेधन गर्ने भएका छन।फागुन ३ गते सरकार गठन भएकाे २ बर्ष पुग्ने भएकाेले उनले यस अवधिमा सरकारले के के काम गरयाे भनेर संसदलाइ फेहरिस्त प्रस्तुत गर्नेछन।उनकाे याे सम्वाेधनकाे विशेष अर्थ पनिछ।उनले केही अघि बसेकाे नेकपा केन्द्रिय समितिकाे वैठकमा पनि सरकारले बहुत राम्राे काम गरेकाे बताएका थिए।उनले शुक्रवार पनि २ बर्षमा भएका कामकाे विवरण दिने वुझिएकाे छ।तर उनले यस्ताे विवरण दिने तयारी गरिरहदा नेकपा कै नेताहरू भने सरकारले साेचे जस्ताे काम गर्न नसकेकाे भनेर अेाली सरकारमाथि प्रश्न उठाइरहेका छन।यसकाे जवाफ अेालीले शुक्रवार दिनेछन।




