ताजा समाचार

सिडिओ पाण्डेका अनुसार ‘प्रसाईं तारेखमा छुटे’, प्रसाईं भन्छन् ‘प्रशासन गएको भन्ने कुरा झुठाे हाे’

भत्तपुर । झापाको बिएण्ड सी अस्पताल सञ्चालक दुर्गा प्रसाईं तारेखमा छुटेका छन् । उनी बिहिवार जिल्ला प्रशासन कार्यालय भक्तपुर उपस्थित भएर तारेखमा छुटेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

प्रसाईंविरूद्ध गत माघ २ गते भक्तपुर प्रशासनले पक्राउ गर्न वारेन्ट जारी गरेपनि प्रसाईं ‘फरार’ थिए। तर बिहिवार प्रसाईं आफैं प्रशासन कार्यालय उपस्थित भएका थिए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूमाथि प्रसाईंले अभद्र व्यवहार गरेको भन्दै भक्तपुर प्रहरी परिसरमा उजुरी दिएका थिए। उजुरी परेपछि प्रहरीले प्रशासन कार्यालयमा प्रसाईंलाई पक्रन अनुमति मागेको थियो।

प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक प्रसाईंविरूद्ध गिरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका हुन्। गिरीले प्रसाईंविरूद्ध गालीबेइज्जती तथा मानहानिको मुद्दा दायर गरेका थिए। गिरीले गत पुस २९ गते प्रसाईंविरूद्ध मुद्दा दिएका थिए।  प्रसाईंले बिएन्डसी मेडिकल कलेजको सम्बन्धन निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रूपैयाँ घुस मागेको आरोप लगाएका थिए।

उता प्रसाईंले भने आफू बिहीबार भक्तपुर प्रशासन नगएको दाबी गरेका छन् । ‘प्रशासन गएको भन्ने कुरा झुठाे भएकाे बताउदै उनले भने ‘म किन प्रशासन जाने, म गएको छैन।’ उनले आफूविरूद्ध वारेन्ट जारी पनि नभएको पनि दावी गरे । आफु काठमाडौमा रहेको बताउदै उनले पक्राउ पूर्जि नपाएको र फरार पनि नभएको दावी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *