ताजा समाचार

कुवेतको ढुंगाखानीमा बम विस्फाेट हुँदा धेरै नेपाली श्रमिक हताहत भएको आशंका

एजेन्सी । कुवेतको एक ढुंगाखानीमा पुरिँदा धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ।

कुवेतस्थित अलमुतलायामा रहेको ढुंगाखानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा दुर्घटना हुँदा धेरै श्रमिककाे पुरिएकाे छ । एक चाइनीज कम्पनीमा गर्ने  कम्तीमा १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ।

पुरिएका मध्ये घटनास्थलबाट ७ जनाकाे उद्धार गरिएकाे छ जसमा चार नेपालीकाे मृत्यु भएकाे र अन्य तीन् घाइते भएकाे जनाइएकाे छ ।  उनीहरुको नाम सार्वजनिक भएको छैन।

अरब टाइम्सले जनाए अनुसार, घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ। खाडलमा चिनियाँ कामदार पनि काम गरिरहेका थिए।

कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा. राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *