काठमाण्डाैं।नेकपा सांसद शान्ता चाैधरीले जनतासंग प्रत्यक्ष सराेकार राख्ने विषय संसदमा उठाएकी छिन।उनले संसदकाे विशेष समयमा वाेल्दै भनिन-सिंहरदवार पस्न जनतालाई किन पास सिस्टम राख्नुपर्याे ? जनताकाे प्रतिनिधि सिंहरदवारमा रहन्छन र तिनलाई भेटन जनता सिहदरावर पस्न चाहन्छन तर सिंहदरवारमा भने भित्र पस्न विशेष पास चाहिन्छ।जनतासंग यस्ताे पास नहुदा सिहदरवार पस्ने र जनप्रतिनिधिलाई भेटने जनताकाे चाहना अधुराे रहने गरेकाे छ।
सांसद चाैधरीले जनताकाे यहि समस्यालाई लिएर संसदमा वाेलेकी हुन।उनले सिहदरवार पस्दा किन पास चाहियाे ? भनेर प्रश्न गरिन।
हुनपनि २०६०साल भन्दा अघिसम्म पनि २ बजेपछि जनतालाइसहज रूपमा सिहदरवार पस्न दिइन्थ्याे।दुइ बजे भन्दा पहिला पस्नकाे लागि भने पास चाहिन्थ्याे तर यसपछि भने जतिवेला पनि पास चाहिने नयाँ ब्यवस्था गरियाे।यसरी जनताकाे सहज पहुँच सिहदरवारमा हुन छाडयाे जसले गर्दा जनप्रतिनिधि,प्रशासक र जनताविचकाे दुरी झन बढयाे।




