काठमाण्डाैं।अमेरिकासंगकाे एक दिवसीय क्रिकेट प्रतियाेगीतामा नेपालले ८ विकेटले जितेकाे छ।नेपाल विरूद्ध पहिले ब्याटिङ गरेकाे अमेरिकाले जम्मा ३५ रन मात्र बनाउन सकेकाे थियाे।अमेरिकालाइ यसरी कम स्काेर बनाउनकाे लागि नेपालका लेग स्पिनर सन्दिप लामिछानलेले ६ विकेट लिएका थिए।उनकाे यहि घातक बलिङले गर्दा अमेरिका एक दिवसीय क्रिकेटमा सवैभन्दा कम स्काेर बनाउने तहमा पुग्याे।यता नेपालले जितकाे पाएकाे ३६ रन जम्मा विकेटकाे क्षतिमा बनायाे।
६ विकेट लिएका सन्दीपले १६ रन मात्र दिए । अमेरिकाले बनाएकाे ३५ रन एक दिवसिय क्रकेटकाे सवैभन्दा कम स्काेर हाे।अमेरिकाले जस्तै कुनै समय जिम्वावेले ३छ रन नै बनाएकाे थियाे।नेपालसंग लज्जास्पद हार भएपनि नयाँ रेकर्ड भने बनेकाे छ।
नेपालकाे जितमा पारस खडका र दिपेन्द्र एेरीले ब्याटिङ गरेका थिए।पारसले २० रन बनाए भने दिपेन्द्रले १५ रन बनाएका थिए।यस खेलमा एउटा राेचक घटना पनि भएकाे छ।
यस सिरिजमा जति विकेट लियाे उति नै रकम चितवनमा बन्दै गरेकाे क्रिकेट मैदानकाे लागि प्रति विकेट ८८४८ रूपैया दिने वचन सन्दिप लामिछानेले दिएका थिए । उनले अमेरिकाकाे मात्र ६ विकेट लिए भने यसअघि उनले २ विकेट लिए।यस हिसावले ८ विकेटकाे उनले ७०७८४ रूपैया क्रिकेट मैदानलाइ दिनुपर्नेछ।




