ताजा समाचार

सिन्धुपाल्चोकमा कोरोनासँग मिल्ने लक्षणका विरामी भेटिएपछि गाउँपालिकाले माग्यो सहयोग

काठमाडौं । सिन्धुपाल्चोकमा नोवल कोरोना भाइरससँग लक्षण मिल्ने बिरामीको संख्या बढेपछि स्वास्थ्य सहयोगको लागि सरकारलाई अपलि गरेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका -३ को गुम्बा बस्तीमा विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका विरामी दिनदिनै बढ्न थालेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सोमबार जारी गरेको सूचनापत्रमा लेखिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’

संक्रमणबारे गाउँपालकिाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *