ताजा समाचार

उपसभापति गच्छदारमाथि लगाइएको मुद्धाको राजनीतिक र कानूनी रुपले प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी उपसभापति विजयकुमार गच्छदार माथि नेपाल सरकारको प्रभाव र दवावमा अख्तियारले मुद्दा दायर गरेको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको बैठकले गच्छदारमाथि लगाइएको मुद्धा राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै घोर भत्र्सना र खेद व्यक्त गरेको छ । ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको ठहर गर्दै कांग्रेसले प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक र कानूनी रुपले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

यसै गरि बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरुसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर देश ल्याउन सरकार समक्ष माग गरेको छ । उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असर बारेमा समेत कांग्रेसले सरकारलाई सचेत गराएको छ । देश फर्काएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध पनि कांग्रेसले सरकारलाई सजग गराएको छ ।

राजधानीमै दिन दहाडै नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा यसलाई लिंदै बैठकले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपील गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कार्वाहीको माग गरेको छ ।

यसै गरि बैठकले अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर धामीका हत्यालाई कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ माघ २९ गते २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *