ताजा समाचार

किन आइजीपी नियुक्ति मिति सार्दैछ सरकार ? भाेली बस्ने क्याविनेटले गर्ला त आइजीपी नियुक्ति ?

काठमाडौं।आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुत्त गर्ने बताइएपनि नियुत्त गर्न सकेन । संम्भवत भोली बस्ने वैठकले सर्वत्र चासोको रुपमा हेरिएको महानिरीक्षकको नियुत्ती गर्ने एक मन्त्रीले बताए ।

३० वर्षे सेवाअवधीको कारण मंगलबारबाट नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अनिवार्य अवकास पाउंदैछन् । नेपाल प्रहरीको २७ औं आईजीपी वन्ने दौडमा डिआईजी ठाकुर ज्ञवाली, तारिणी प्रसाद लम्साल र सूर्य प्रसाद उपाध्याय छन् । दौडमा ज्ञवाली, लम्साल र उपाध्याय रहेपनि हाल १ नं प्रदेशका प्रहरी प्रमुख रहेका डिआईजी ज्ञवालीले आइजीपी बन्ने अवसर पाउने भएका छन् । खनाल २०७४ फागुन २८ मा आईजीपी नियुक्त भएका थिए । यसपटक पनि सरकारले नेपाल प्रहरीको नेतृत्व डिआईजीबाटै बनाउंदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *