ताजा समाचार

पूर्वसचिव कार्कीकाे श्रीमतीकाे मृत्यु, घरमा काम गर्ने चाैधरीले आत्महत्या गरे

काठमाण्डाैं।पूर्वसचिव अर्जुन कार्कीकाे श्रीमतीकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ।श्रीमान कार्की विहान पशुपति दर्शनमा गएर फर्कदा उनकी श्रीमती मुना कार्की किचनमा जीवनमरणकाे दाेसाँधमा थिइन।उनकाे टाउकाे निकै गहिराे चाेट थियाे र दुवै हात वाधिएकाे थियाे।

सानेपामा रहेकाे कार्कीकाे निवासबाट उपचारकाे लागि स्टार अस्पताल लगिएपनि उनकाे उपचारकै क्रममा निधन भएकाे छ। श्रीमतीकाे अवस्था देखेपछि पूर्वसचिव कार्की वेहाेश भएका थिए।

पूर्वसचिव कार्कीकाे श्रीमतीकाे उनकाे घरमा काम गर्ने विजय चाैधरीले नै हत्या गरेकाे हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ। पाच बर्ष देखि कार्कीकाे घरमा काम गर्दै बसेका चाैधरीले पनि आत्महत्या गरेका छन।उनी भर्याङमा झुण्डएकाे अवस्थामा फेला परेका छन। प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *