काठमाण्डाैं।प्रधानमन्त्री केपी ओली फेरि अस्वस्थ भएका छन।उनी स्वास्थ्य उपचार गराउनकाे लागि साेमवार धापासीमा रहेकाे ग्रयाण्डी अस्पतालमा पुगेका छन।
शनिवार मात्र डायलासिस गराएका अेाली यसकाे भाेलिपल्ट सार्वजनिक समाराेहमा पुगेका थिए।खासमा उनी लिडरसिप अवार्ड लिन जाँदा नै विराभी भएका हुन।उनलाई रूघा खाेकी लागेकाे छ।
वालुवाटारमा नै अैाषधी सेवन गर्दा समेत कुनै सुधार नभएपछि उनी साेमवार अस्पतालमा पुगेका हुन।अस्पतालमा उनकाे सम्पुर्ण परीक्षण हुनेछ।




