काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकको नियुक्ती सोमबार गर्ने भएको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधीको कारण मंगलबारबाट अनिवार्य अवकास पाउंदैछन् । नेपाल प्रहरीको २७ औं आईजीपी वन्ने सौभाग्य भने डिआईजी ठाकुर ज्ञवालीले पाउंदैछन् ।
खनाल २०७४ फागुन २८ मा आईजीपी नियुक्त भएका थिए । यसपटक पनि सरकारले नेपाल प्रहरीको नेतृत्व डिआईजीबाटै बनाउंदैछ । प्राविधिकतर्फ नेपाल प्रहरीमा एक मात्र एआईजी डा।आशा सिंह छन् । उनलाई निमित्त दिएर पछि ज्ञवालीलाई आईजीपी बनाउनेबारे छलफल भएपनि अन्तिममा आजै वस्ने मन्त्रिपरिषदको वैठकले ज्ञवालीलाई नै महानिरीक्षक बनाउंदैछ ।
उनि ३० वर्षे सेवाअवधी नहटे जम्मा पांच महिनाका लागी प्रहरी महानिरीक्षक बन्नेछन् । ३० वर्षे नहटेको खाण्डमा उनी आगामी असार २४ मा अवकासमा जानेछन् । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार ४ वस्ने मन्त्रिपरिषदको वैठकले प्रहरी महानिरीक्षकको टुंगो लगाउनेछ । आईजीपी खनालको मंगलबार विदाई र बुधबार नयाँ आइजीपीको स्वागत हुनेछ । प्रहरी प्रधानकार्यालयले गत विहिबार नै नयाँ आइजीपीको स्वागत र पुरानो आइजीपीको विदाई कार्यतालिका निकालिसकेको छ ।




