ताजा समाचार

चीनमा रहेका नेपाली नागरिकलाई लिन फागुन ३ मा वाइडबडी चीन जाँदै

काठमाडाैं । पर्यटन मन्त्रालयले चीनमा रहेका नेपाली ल्याउन फागुन ३ गते वाइडवडी पठाउने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । सो जहाज आगामी १५ तारिख चीन पुग्नेछ मन्त्रालय स्रोतले भन्यो ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् । कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने जनाइएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली विद्यार्थी रहेकाछन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए । सरकारले उनीहरुलाई १४ दिन सर्भिलेन्समा राख्ने भएको छ । भक्तपुरको खरिपाटीमा उनीहरुलाई राख्नका लागि ठाउँ तय गरेको हो । मलेसिया, भारतलगायतका देशहरुले पनि चीनबाट उद्धार गरिएका नागरिकलाई १४ दिन सर्भिलेन्समा राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *