ताजा समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकामाथी छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।बैठकमा महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने कांग्रेस कार्यालयले जनाएको छ ।  बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्नेछ ।

यसअघि माघ २३ गते बोलाइएको बैठकमा शीर्ष नेताले काठमाडौं बाहिर भएकाले एजेन्डा तय हुन नसकेको कारण देखाउँदै स्थगित गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *