काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाले साथ नदिएपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ।नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने भनिएको थियो।
तर प्रधानमन्त्री ओलीको स्वास्थ्मा समस्या देखिएपछि आज बस्ने भनिएको बैठक स्थगन गरिएको नेकपा महासचिव विष्णु पौडेलले जनाकारी दिएका छन् । तर ओलीको स्वास्थ्यमा कस्तो समस्या आएको हो ,त्यो भने महासचिव पौडेले खुलाएका छैनन ।
आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहान छलफल भएको थियो।स्वास्थ्यले साथ नदिएको भन्दै प्रधानमन्त्री ओलीले नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रम पनि उद्घाटन गरेनन्। दरबरमार्गस्थित याक एन्ड यति होटलमा सरकारले आयोजित ‘सगरमाथा संवाद’ राष्ट्रिय सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।




