ताजा समाचार

नारायणमानकाे कुरा सुनेर चीन पनि छक्क पर्‍यो

काठमाण्डाैं।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे उत्तरकाेरियन कम्युनिष्ट हुन।उनी चीनलाई रूचाउँछन र,अमेरिकालाई साम्राज्यवादी देख्छन तर आइतवार अच्चम के भयाे भने उनले भक्तपुरमा गजबकाे भाषण गरे,जसकाे कारण अहिले नेपालभर चर्चा भइरहेकाे छ।उनले किसानकाे भेलामा भने-चीनमा फैलिएकाे काेराेना भाइरस अमेरिकाले चीनमा फैलाएकाे हाे कि भन्ने लाग्छ।

स्वयम चीनलाईसमेत नलागेकाे शंका अचानक विजुक्छेलाई लागेपछि अहिले नेपालमा यसकाे चर्चा हुन थालेकाे छ।चीनमा यतिवेला भाइरस हण्टर भनेर चिनिएका अमेरिकी वैज्ञानिक काेराेना भाइरसकाे अध्यनकाे लागि पुगेका छन भने अमेरिका स्वयम पनि यसकाे अध्यनमा सहयाेग गर्न तयार छु भन्दैछ तर विजुक्छेले भने अचानक अमेरिकाप्रति अनाैठाे शंका गर्नुकाे कारण के हाे त ?

अमेरिकालाई साम्राज्यवादी र भारतलाई विस्तारवादी भनेर उहिले देखि नै नेपालका साना वाम दलले देख्दै र भन्दै गरेका छन।आइतवारकाे विजुक्छेकाे अभिब्यक्ति यहि काेणबाट आएकाे देखिन्छ।

नाेभल काेराेना भाइरसकाे कारण अहिले विश्वमा करिव ९ सय मानिसकाे ज्यान गइसक्याे र यसकाे उपचार के हुन सक्छ भनेर यतिवेला अध्ययन भइरहेकाेछ।र,यहि भाइरसकाे कारण एक अमेरिकी नागरिककाे समेत ज्यान गयाे ।बरू यसकाे वारेमा पर्याप्त सतर्कता नेपालमा नै अपनाइएकाे छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *