काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी निकट प्रवासमा रहेको कमिटिहरुको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालवीच भागवन्डा गरेर टुंगो लगाएको छ । प्रवास समन्वय कमिटिको माघ २२ गते बसेको बैठकले प्रवासका संगठनको नेतृत्व चयन टुंगो लगाएको हो ।
अब नेकपाको प्रवासमा प्रवासी नेपाली एकता मञ्च गठन हुनेछ त्यसमा नेकपा लेखिनेछैन। यस अगाडि अस्तित्वमा रहेका प्रबासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चवीच एकीकरणपछि प्रवासी नेपाली एकता मञ्च गठन गरेका हुन् ।
प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाई र सचिव श्रीप्रसाद साहले वक्तब्य जारी गदै एकता प्रक्रिया टुंगो लगाएको जनाएका छन् । विदेशका ३६ ओटा जिल्लामा संगठनको अध्यक्ष र सचिव चयन भएको हो ।प्रबासी नेपाली एकता मञ्च हरेक देशमा स्थानीय कानुन अनुसार दर्ता भएका र विदेशमा रहेका नेपालीहरुको हक हित र संरक्षणका लागि खोलिएका समाजिक सस्था हो ।




