ताजा समाचार

ललितानिवास प्रकरणमा दोषी देखिए सजाय भोग्न तयार छु : पूर्व प्रधनमन्त्री नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो संलग्नला पुष्टिभए कारबाही भोग्न तयार रहेको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो प्रकरणमा आफू दोषी नरहेको दाबी गर्दै गल्ती गरेको भए त्यसको सजाय भोग्न तयार रहेको बताएका हुन्। कांग्रेसले भनेजस्तो कसैलाई नफसाइएको बताउँदै उनले जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन नहुने र निर्दोष पनि पर्न नहुने उनको भनाइ थियो । ‘यो विषयमा कांग्रेसले बोलेजस्तो कसैलाई कसैले फसाउने काम भएको होइन,’ उनले भने ‘तर, दोषी उम्कन हुँदैन निर्दोष फस्नुपनि हुँदैन।’ आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे भएको दाबी नेता नेपालको थियो। ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय भएको छैन’, उनले भने, ‘त्यसैले यो विषयमा कतैबाट मुच्छन मिल्दैन। मेरो तर्फबाट गल्ती भएको भए सजाय भोग्न तयार छु।’ उनले ललितानिवास प्रकरणमा अख्तियारलाई निष्पक्ष छानबिन गर्न कसैले हस्तक्षेप गर्न नहुने धारणा राखेका छन्।
ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ विरुद्ध मुद्दा दायर गरेको छ। तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्री विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै कांग्रेसले विरोध गरेको छ। तर, मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईको हकमा केही गर्नु नपर्ने अख्तियारले उल्लेख गरेको छ। यही विषयलाई लिएर कांग्रेसले दुई दिनदेखि सदनमा अबरोध समेत जारी राखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *